English

तीजका स्टार – जसले तताउँछन् तीजको माहोल



नेपाली हिन्दु महिलाको महान पर्व तीज । तीजमा वर्षदिनको पीरमर्का भुलेर चेलीबेटीले माइतीको आँगनमा नाचगान गर्दै मनाउँछन् । साथै, तीजले लोकदोहोरी क्षेत्रका गायक, गायिका, मोडल, निर्देशकलाई भ्याइनभ्याई बनाउँछ । यस क्षेत्रका केही कलाकार जो तीजका बेला झनै बढी छाउँछन् । उनीहरुलाई हामीले ‘तीज स्टार’ को उपमा दिएका छौं । तिनै स्टारका बारे यहाँ चर्चा गरिएको छ ।

पशुपति शर्मा, गायक

मैले विगत १५ वर्षदेखि तीज गीत दर्शक स्रोता माझ निन्तररुपमा ल्याएको छु । हालसम्म मेरा ढेड सय जति तीज गीत छन् । यो वर्ष कोरोना महामारी भएकाले तीज गीतको लागि त्यति धेरै जाँगर चलेन । त्यही पनि केही तीज गीत सार्वजनिक भएका छन् । दर्शक स्रोताहरुले माया गर्नु भएको छ । राम्रो प्रतिक्रिया नै आउने गर्छ, त्यसमा खुसी लाग्छ । कोरोना महामारी भएकाले दुई वर्षदेखि बाहिर कुनै कार्यक्रममा सहभागी हुन पाएको छैन । यो भन्दा अगाडिका वर्षमा तीजमा एक दिनमै ५–६ वटा कार्यक्रम भ्याइन्थ्यो । तीजको समयमा प्राय नेपाल बाहिर नै हुन्थें । तर, अहिले कोरोनाले हाम्रो सांगीतिक यात्रा बिथोलिएको छ ।

सुनिता दुलाल, गायिका

१६ वर्षदेखि हरेक वर्ष तीज गीत निरन्तर ल्याएकी छु । लगभग ६० देखि ७० वटा तीज गीतमा स्वर भरेकी छु । ३५ भन्दा बढी तीज गीतका एल्बम छन् । ‘आमाले पकाएको मीठो दर खानलाई’ मेरो पहिलो तीज गीत हो । यो गीतले नै मलाई दर्शक स्रोता माझ चिनायो । यो वर्ष दुई वटा तीज गीत ल्याएको छु । मैले गाएका मध्ये ‘अब मैले नी झुम्का लगाउँछु’, ‘दर खाने’ लगायतका थुप्रै गीतलाई दर्शकले मन पराइदिनु भएको छ ।

खुमन अधिकारी, गायक

मैले समग्रमा १० हजार गीतहरु रेकर्ड गरि सकेको छु । जसमध्ये ५ सय तीज गीत छ । यो वर्ष १८ वटा तीज गीत गाएछु । १५ वर्ष देखि तीजको गीत निरन्तर दर्शक, स्रोता माझ ल्याउँदै आएको छु । अन्य वर्ष तीजका गीत एक दुई वटा मात्र हिट हुन्थ्यो । ‘कुरा काटन’ ‘अब होला केहि’ ‘यतिकोले चल्छ ?’ ‘कलकत्ते काँइयो’ र ‘नाचिदेउ पुतली’ लगायतका गीत यसपाली हिट भए । समयसँगै पर्व मनाउने चलन फेरिएको छ । पहिला महिलाहरुले मात्र मनाउने यो पर्व अहिले महिला पुरुष दुबैले मिलेर मनाउने गरिएको छ । तीजमा महिला पुरुष दुबैको सहभागी देख्न सकिन्छ । यो राम्रो लाग्छ ।

विष्णु माझी, गायिका

लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘चरी जेलैमा’को चर्चा जताततै छ । प्रत्येक वर्ष तीजमा उनको गीत सार्वजनिक हुन्छ । ती गीतहरुमा नयाँपन हुन्छ । यसैगरी उनले तीजको विशेषमा ‘पुतलीको भट्टी’ नामको तीज संग्रहबाट हरेक वर्ष गीत ल्याउने गर्छिन । उनले ५ वर्षदेखि तीज गीतको सिरिजको रुपमा ल्याउँदै छिन् । हालसम्म पुतलीको भट्टीको १७ भागसम्म आइसकेको छ ।

सम्झना भण्डारी, गायिका

विगत ३ वर्षयता मैले २ सय हाराहारी गीतमा स्वर भरिसकेकी छु । जसमध्ये लगभग ३५ वटा गीत तीजका छन् । यो वर्ष ८ वटा तीज गीत गाएको छु । तीजमा मेरो सहकार्य गायक पशुपती शर्मासँग हुन्छ । ‘मेरो माया बसेको ठाउँमा’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ र ‘होइन र माया’ सम्म आइपुग्दा हाम्रो जोडी र तीजको गीत दर्शक र स्रोताले मन पराइदिनुभएको छ । त्यसलाई निरन्तरता पनि दिएकै छौ । ‘मेरो माया बसेको गाउँ’ बोलको तीज गीत नै मेरो पहिलो गीत र टर्निङ प्वाइन्ट हो । यही गीतबाट दर्शक स्रोताले मलाई चिन्नु भएको हो । त्यसैको हौसलाले हरेवर्ष नयाँ नयाँ तीज गील ल्याइरहेको हुन्छु ।

खेम सेन्चुरी, गायक

मेलै १ हजार जति गीत रचना गरेर आफैंले स्वर दिएको छु । जसमध्ये ४ सय भन्दा बढी तीज गीत नै छ । यो वर्ष मात्र१५ वटा तीज गीत बजारमा ल्याएको छु । १५ वर्षदेखि सांगीतिक क्षेत्रमा भएपनि तीन वर्षदेखि आफैं तीज गीत गाउँदै आएको छु । मैले रचना गर्ने गीत समय सन्दर्भिक विषय वस्तुहरु समावेश हुन्छ । जसकारण दर्शक स्रोताको राम्रो प्रतिक्रिया नै पाएको छु । तीजको ‘छप्पै माया लैलै’, ‘फुलमति’ ‘तीज महामारी कान्ड’ र ‘सोचे झै जिन्दगी रैनछ’ लगायतका गीतहरु चर्चित छन् । यस गीतले मलाई दर्शक, स्रोता माझ झनै चिनाउन सहयोग गरेको जस्तो लाग्छ ।


शान्ती श्री परियार, गायिका

सात वर्षदेखि हरेक वर्ष २० भन्दा बढी तीजको गीत रेकर्ड गर्दै आएकी छु । तर, यो वर्ष १५ वटा गीत मात्रै रेकर्ड गरें । हालसम्म १२ सय भन्दा बढी गीतमा स्वर भरेकी छु । जसमध्ये १ सय ५० भन्दा बढी तीज गीत नै छन् । मेरो पहिचान आफँै थियो, तर ‘बोला माया’ र ‘गलबन्दी’ बोलको गीतपछि मलाई धेरैले चिन्नुभयो । यो वर्षको ‘कुरा बुझ्नुपर्च’ र दुई वर्ष अगाडी रेकर्ड भएको ‘चनमती फूलमती’ तीज गीत मलाई मन पर्छ ।


करिश्मा ढकाल, मोडल

विगत पाँच वर्ष देखि तीज गीतहरुमा नियमित अभिनय गर्दै आएकी छु । यो वर्ष मात्र ५० भन्दा बढी गीतमा अभिनय गरेँ । हालसम्म लगभग ५ सय भन्दा बढी तीज गीतमा अभिनय गरिसकेकी छु ।

अन्जली अधिकारी, मोडल

तीजको रमझममा रमाउन थालेको सानैबाट हो । तीज गीतमा निरन्तर अभिनय गरेको ५ वर्ष भयो । हालसम्म ३ सय भन्दा बढी तीजगीतमा अभिनय गरि सरिकेकी छु । तीजको गीतमा अभिनय गरेको सबै गीत त याद छैन । मेलै अभिनय गरे सबै गीत राम्रो लाग्छ तर, गत वर्ष ‘सोचे झै जिन्दगी रैनछ’ बोलको गीत एकदमै मनपर्छ ।



लोमश शर्मा, मोडल

चार वर्षदेखि तीज र लोक देहोरी गीतमा अभिनय गर्दै आएको छु । हालसम्म ४ सय गीतहरुमा अभिनय गरेको छु । जसमध्ये १ सयको हराहारीमा तीज गीत छन् । तीज गीतमा अभिनय गर्दा धेरै ड्रेसहरु फेरिरहनु पर्दैन जसकारणले सुटको समयमा सजिलो लाग्छ । तीज आउँदा खुसी लाग्छ । तीज आएपछि नसकियोस् जस्तो लाग्छ । किनकी तीज आइ रहँदा छोटो समयमा अम्दानी हुन्छ । यो वर्षमा मात्र दुई दर्जन तीज गीतमा अभिनय गरेको छु । तीज नारी विशेष भए पनि हामी संलग्न हुन पाउनु नारी पुरुष बराबरी हुन् भन्ने कुरा प्रमाणित गर्न सहज गर्छ जस्तो लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,