English

टेकुको ऋषेश्वर महादेव मन्दिर पञ्चमीमा खुला रहने



काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ । सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो । दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिए ।

हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् । दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ ।

भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested