यस्ता बिरामी जसले बस्न हुन्न तीजको व्रत



तीजको व्रत अरु व्रत भन्दा कठोर मानिन्छ । किनकी तीजको व्रत पानी पनि नखाई बस्दा मनले आँटेको पूरा हुने जनविश्वास छ । व्रत बस्नु स्वस्थ्यका लागि राम्रो हो तर स्वास्थ्यमा ख्याल गरिएन भने यसले गम्भीर असर गर्छ । त्यसैले कस्ता महिलाले तीजको व्रत बस्नु हुन्छ कस्ताले हुँदैन ? भन्नेबारे डाइटिसियन अनुश्री आचार्यको सुझाव यस्तो छ :

मधुमेह

मधुमेहका बिरामीहरू निराहार बस्नु घातक साबित हुनसक्छ । यस्ता महिलाहरू व्रत बस्दा रगतमा चिनीको मात्रा कम भै शरीर शिथिल हुन्छ । पानीको कमीले उनीहरूको समस्या विकराल बनाउँछ । तीजमा दरका रूपमा बढी गुलियो तथा चिल्लो खानेकुरा खाने चलन छ । यसले मधुमेहका बिराीलाई असर गर्छ ।

मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । यस्ता बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । किनभने रगतमा सुगरको मात्रा कम भै हाइपोग्ल्यासिमिया हुन सक्छ । कतिपय अवस्थामा बिरामी अचेत अवस्थामा जान सक्छन् । मधुमेहका बिरामीले व्रत बसे पनि तीन–तीन घन्टाको फरकमा केही खाइरहनुपर्छ । यतिबेला फलफूल, दही, दूध, सलाद आदि खान सकिन्छ ।

प्रेसर

उच्च रक्तचापका बिरामीले व्रत लिनै नहुने भन्दा पनि व्रतलाई परिस्कृत गरेर बस्न सकिन्छ । तरm व्रत बस्दा औषधि कुनै पनि हालतमा छुटाउन हुँदैन । निराहार व्रत बस्दा रिंगटा लाग्न सक्छ । रक्तचाप तलमाथि हुनसक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।
त्यस्तै, कम रक्तचाप भएका महिलाले पानी नपिई व्रत बस्दा ह्वात्तै रक्तचाप कम भएर हाइपोटेन्सी एट्याक हुनसक्छ । यस्तोमा कमजोरी महसुस भै रिंगटा लागेर बेहोससमेत हुनसक्छन् । रक्तचाप भएकाहरूले व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्नुपर्छ ।

ग्यास्ट्रिक

ग्यास्ट्रिक हुनुको मूख्य कारण नै भोको पेट बस्नु हो । त्यसैले ग्यास्ट्रिकका बिरामीले व्रत नबसेकै बेस । अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले दुई–तीन घन्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्छ ।

थाइरोइड

थाइरोइडको बिरामीले व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो । कुनै–कुनै खानेकुरा थाइरोइडका बिरामीले बार्नु पनि पर्छ । तर, कुनैबेला थाइरोइड भएका महिलाहरु कमजोर हुन्छन् । त्यस्तो अवस्थामा निराहार नबसी फलफूल, सलाद खाएर व्रत बस्न सक्छन् ।

दम

दमका बिरामीले दिनभर केही नखाई व्रत बस्दा उनीहरुलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसैले निराहार व्रत बस्नु भन्दा पानी, दूध, फलफूल आदिको सेवन गरेर बस्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था कस्तो छ म व्रत बस्न सक्छु कि सक्दिन भन्ने कुरा बिरामीहरुलाई नै थाहा हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्था हेरेर र चिकित्सकको सल्लाह लिएर मात्र व्रत बस्नु पर्छ ।

क्यान्सर, मुटु र मृगौलाका बिरामी

क्यान्सर, मृगौला, मुटुका बिरामीले नियमित औषधि सेवन गरिरहेका हुन्छन् । औषधिले रोगप्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले यस्ता बिरामीलाई पौष्टिक आहारको आवश्यकता हुन्छ । यस्ता बिरामीले व्रत बस्नु उचित हुँदैन । यस्तो अवस्थामा खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । दैनिक औषधि खाएकाले र रोग लागेकाहरुले व्रत बस्नुअघि विज्ञसँग परामर्श लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक