English

‘तीजमा व्रत बस्न थालेको १५ वर्ष भयो’



सञ्चिता लुईंटेल, अभिनेत्री

सानै उमेरदेखि हजुरमुवा र आमाहरुले भगवान शिवको पूजा आरधना गरेर व्रत राखेको देखेर नै हुर्कदै आएँ । हिन्दू संस्कृतिमा हुर्केको र परिवारको सम्पुर्ण सदस्यले तीज मनाउने भएकोले मलाई पनि व्रत बस्न रहर लाग्थ्यो । म भगवानप्रति निकै आस्था राख्छु । त्यसैले तीजमा मात्र नभई नवरात्रीमा पनि व्रत बस्ने गरेको छु ।

हाम्रो घर बानेश्वर । त्यहाँबाट गौशला नजिकैपर्छ । तीजको दिन पशुपतिनाथको मन्दिरमा भिडभाड हुने भएकोले म अघिल्लो दिन साँझ पूजाआजा गरेर फर्कन्थेँ । तीजको व्रत बस्ने दिनमा पशुपतिमा धेरै भिडभाड हुने भएकोले त्यस दिन जान मन लाग्दैनथ्यो । तीजको दिनमा घरमै बसेर पूजाआजा गर्थे । घरको छतबाटै पशुपतीनाथको माहोल नियाल्थें । अनि तीजको भोलिपल्ट फेरि पशुपति गएर पूजाआजा गर्थेँ ।

तीज भन्नासाथ चेलीबेटी माइती जाने, भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौँ । दरको रुपमा विभिन्न परिकार खान्छन् । उपबास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् ।


तीजको अघिल्लो दिन सबै दिदिबहिनी, फुपू र अन्य परिवारका सदस्यहरु जम्मा भएर दर खाने नाचगान गरिन्थ्यो । अनि भोलिपल्ट व्रत बस्ने घरमै पुजा गर्ने नाच्ने रमाइलो गर्ने आदि गरेर तीज मनाउने गथ्र्याैं । तीजको व्रत बस्न थालेको लगभग १५ वर्ष भयो । विवाह अघि पनि तीजको व्रत बस्थेँ । तीजको बेलामा व्रत बस्दा शिवजीको पूजा आरधना गरिसकेपछि पानी खान्छु र अलि गाह्रो भएको खन्डमा फलफूलको गर्छु ।

श्रीमानको लामो आयुका लागि व्रत बसिन्छ भन्ने चलन छ तर, मेरा विचारमा परिवारको खुशीका लागि यो व्रत बसिन्छ जस्तो लाग्छ । वर्षमा एक दिन व्रत बस्दा स्वस्थ्यमा पनि त्यस्तो नराम्रो असर पर्दैन ।

तीज भन्नासाथ चेलीबेटी माइती जाने, भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौँ । दरको रुपमा विभिन्न परिकार खान्छन् । उपबास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । हामी हिन्दू भएका कारण पनि आफ्नो धर्म संस्कृतिलाई जोगाउन तीजको व्रत बसिन्छ । तीजको व्रत बस्दा एक प्रकारको आत्मसन्तुष्टि प्राप्त हुन्छ । आफ्नो परम्परा, संस्कृति भगवान प्रतिको आस्था यी सबै कुराले तीज मनाइन्छ र व्रत बसिन्छ ।

श्रीमानको लामो आयुका लागि व्रत बसिन्छ भन्ने चलन छ तर, मेरा विचारमा परिवारको खुशीका लागि यो व्रत बसिन्छ जस्तो लाग्छ । वर्षमा एक दिन व्रत बस्दा स्वस्थ्यमा पनि त्यस्तो नराम्रो असर पर्दैन । कसैलाई दिर्घ रोग छ औषधी खानु पर्ने छ भने निराहार व्रत बस्नै पर्छ भन्ने छैन । त्यसैले आफ्नो स्वास्थ्य स्थितिलाई ख्याल गरेर मात्र व्रत बस्नुहोला । सम्पुर्ण नेपाली दिदी बहिनीलाई तीजको धेरै–धेरै शुभकामना !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested