English

यसवर्ष करोड क्लबमा प्रवेश गरेका तीज गीत



हरेक वर्ष कैयौं तीज गीत युट्युबमार्फत सार्वजनिक हुन्छन् । यसपाली पनि थुप्रै गीत आए । त्यसमध्ये केही गीतले राम्रो सफलता पाए भने कुनै त्यत्तिकै हराए । केही गीतले १ करोडभन्दा माथि भ्युज पाएका छन् । तिनै करोडक्लबमा प्रवेश गरेका गीतको बारेमा यहाँ चर्चा गरिएको छ ।

‘चरी जेलैमा’

लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘चरी जेलैमा’को चर्चा जताततै छ । यो गीतलाई हालसम्म १ करोड ६७ लाखभन्दा बढी पटक हेरिएको छ । सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको यस गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।

तीज जति–जति नजिक आउँदैछ, नयाँ–नयाँ गीत र भिडियो सार्वजनिक भईरहेका हुन्छन् । अधिकांश गीतले तीजको मौलिकता गुमाएको गुनासो आईरहेको बेला यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् । अझै, गुमनाम रहेकी गायिका विष्णु माझीको व्यक्तिगत जीवनलाई लिएर समेत विभिन्न टिकाटिप्पणी र वहस सिर्जना भए । साथै, पछिल्लो समयको सशक्त सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले राज गर्यो । त्यसैले पनि यो गीत यसवर्षको सर्वोत्कृष्ट तीज गीतको रुपमा कहलायो । अहिलेसम्म सार्वजनिक तीज गीतमध्ये सम्भवतः सबैभन्दा बढी हरिएएको गीत पनि यही नै हो ।

कुरा बुझ्न पर्च

गायक प्रकाश सपुतका नयाँ सिर्जनाले राम्रै बजार पिट्छ । त्यसो त यसपाली उनले ल्याएको ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीतले राम्रो प्रतिक्रिया पाएको छ । प्रकाश सपुत युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतलाई हालसम्म १ करोड ६० लाखभन्दा बढी हेरिएको छ । सपुतको रचना/सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् ।

भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विःक लगायतको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ । गीतले किशोरीको चञ्चलता, दिदीबहिनीको माया मोह र पारिवारिक कथावस्तुलाई केन्द्रमा राखिएको छ । त्यसैले यो गीतले तीजको मौलिकता कायम गर्ने प्रयास गरेको छ ।

यस पालीको तीजमा सम्झिनी पानी छम्किनी

अभिनेता भुवन केसी, अभिनेत्री दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का लगायतका चर्चित कलाकारहरू अभिनित तीज गीत ‘यस पालीको तीजमा सम्झिनी पानी छम्किनी’ गीतले हालसम्म १ करोड २० लाख भ्युज पाइसकेको छ । यो गीत टिकटकमा एकदमै भाइरल बन्यो ।

तीजमा बिशेषगरी महिलाले आइफोन, रानीहार देखी माइती जाने रहर अनुरोध गर्दा बुढाले सम्झिनी पानी छम्किएर बिर्सिन अनुरोध गरिएको विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।गीतमा गायक सम्राट चौलागाई गायिका रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको स्वर सुन्न सकिन्छ । गीतको शब्द संगीत सम्राटले नै सिर्जना गरेको हुन् ।

सोल्टी राजाको तुम्लेट (फरिया २)

यो वर्ष करोड क्लबमा प्रवेश गरेको गीत मध्ये प्रिती आलेको ‘सोल्टी राजाको तुम्लेट’ पनि हो । गत वर्ष ‘फरिया भिजायो मेरो बर्षे पानीले’ को सफलता पछि आएको ‘फरिया २’ ले पनि दर्शकको मन जित्न सफल भएको छ ।

एकनारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको गीतलाई हालसम्म युट्युबमा १ करोड ३ लाखभन्दा बढीपटक हेरिएको छ । उक्त गीतमा प्रिती आलेको स्वर रहेको छ भने राम्जी खाँड र आलेकै अभिनय रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested