English

छाला सुन्दर बनाउन खानुहोस् यी ५ खानेकुरा



फ्याट अर्थात चिल्लो पदार्थ मुटुको लागि स्वस्थकर मानिन्न तर, छालाको लागि भने निकै प्रभावकारी मानिन्छ । फ्याटमा मोनोस्याचुरेटेड फ्याटी एसिड र ओलिड एसिड हुन्छ । जसले छालाको सुख्खापन घटाउँछ अनि कोषलाई चिल्लो राख्छ । त्यसैले यदि छाला राम्रो चाहनुहुन्छ भने केहि चिल्ला खानेकुरा खान जरुरी हुन्छ । यी हुन् ५ त्यस्ता खानेकुरा जसले तपाईको अनुहारको छाला स्वच्छ र सफा राख्छ ।

माछा

ओमेगा–३ फ्याटी एसिड प्रचुर मात्रामा पाइने भएकाले माछा छालाको लागि अति उत्तम मानिन्छ । यो एसिडले छाला बुढो हुने गति पनि कम गर्छ । मासुले शरीरमा जलन गर्छ तर माछामा पाइने ओमेगा–३ एसिडले ठ्याक्कै उल्टो, अर्थात शरीरमा जलन घटाउँ । जसले छालामा आउने डण्डिफोर लगायतका दुख्ने डल्ला वा गिर्खा कम गर्छ ।

एभोकाडो

एभोकाडो खान मनपराउनु हुन्छ भने तपाईको अनुहारको छाला अन्यको भन्दा स्वस्थ देखिन्छ । यसमा पाइने फ्याटी एसिडले छाला नरम र चम्किलो बनाउँछ । यसमा हुने भिटामिन ई ले छालामा कोलेगनको मात्रा बढाउँछ । कोलेगन छालाको गुणस्तर कायम राख्ने प्रोटिन हो । साथै यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरबाट विषालु पदार्थ बाहिर निकाल्छ र यसको सकारात्मक असर छालामा देखिन्छ ।

ओखर

ओखरमा ओमेगा–३ र मोनोस्याचुरेटेड फ्याट पाइन्छ । जसले शरीरको जलन, डण्डिफोर घटाउँछ र शरीरमा पानी अड्याउन मद्धत गर्छ । सुर्यको प्रकाशले छालामा पुर्याउने क्षति न्यूनिकरण गर्न यसमा पाइने एन्टिअक्सिडेन्टले मद्धत गर्छ । बदामसँगै ओखर खाने बानी गर्नुस्, छालामा चमक पाउनुहुनेछ ।

जैतुन (ओलिभ)

सुन्दरता कायम राख्न जैतुन निकै उपयोगी छ । जैतुनको तेलमा मोनोस्याचुरेटेन फ्याटी एसिड, भिटामिन ए र ई ले छालाको गुणस्तर कायम राख्छ । मर्न लागेका कोषहरुलाई मर्मत गर्छ । जैतुनको तेलको सेवनले छालामा चमक ल्याउँछ, सूर्यको अल्ट्राभ्वाएलेट विकिरणबाट छालालाई बचाउँछ ।

नरिवलको तेल

सफा छालाको लागि सबैभन्दा उत्तम हुन्छ– नरिवल तेल । यसको एन्टीम्याक्रोबायल र एन्टीफङ्गल गुणले छालालाई अझै मुलायम बनाउँछ । अनुहारको मेकअप सफा गर्न पनि यो तेलको उपयोग गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested