English

कोरोना अपडेटः नेपालमा एकैदिन १,२६८ मा संक्रमण, २,१९५ जना निको



नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ८ सय ७५ वटा नमूना परीक्षण गरिएको मध्ये सो संख्यामा संक्रमण देखिएको हो । सङ्क्रमणबाट निको भई आज २ हजार १ सय ९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६ सय ५१ व्यक्ति निको भई घर फर्किएका हुन् ।

शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

यसैगरी सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५ सय ५४ जना सघन उपचारकक्ष (आइसीयू), १ सय ७२ भेन्टिलेटर, २९ हजार ६ सय ५८ होम आइसोलेशन, २ हजार १ सय ६८ संस्थागत आइसोलेशन र २ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् । सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । १ लाख ७ हजार ५ सय ९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested