English

कोरोना अपडेटः नेपालमा एकैदिन १,२६८ मा संक्रमण, २,१९५ जना निको



नेपालमा थप १ हजार २ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ८ सय ७५ वटा नमूना परीक्षण गरिएको मध्ये सो संख्यामा संक्रमण देखिएको हो । सङ्क्रमणबाट निको भई आज २ हजार १ सय ९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६ सय ५१ व्यक्ति निको भई घर फर्किएका हुन् ।

शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

यसैगरी सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५ सय ५४ जना सघन उपचारकक्ष (आइसीयू), १ सय ७२ भेन्टिलेटर, २९ हजार ६ सय ५८ होम आइसोलेशन, २ हजार १ सय ६८ संस्थागत आइसोलेशन र २ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् । सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । १ लाख ७ हजार ५ सय ९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,