English

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, विद्यालय खोल्ने/नखोल्ने अधिकार स्थानीय तहलाई



काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटेको छ । बुधबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

यो सँगै यसअघि बन्द रहेका सम्पूर्ण व्यवसाय स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गर्न सकिने काठमाडौंका प्रमुख जिल्लाका अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘हामीले निषेध शब्द हटाएका छौं,’ उनले भने, ‘अब यसअघि निषेध गरिएको सबै व्यवसाय स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गर्न सकिनेछ ।’

त्यसो त लामो समयदेखि बन्द रहेका विद्यालय तथा शैक्षिक संस्थाहरु खुलाउनका लागि जिप्रकाले बाटो खुलाइदिएको छ । अब विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने जिम्मा स्थानीय तहलाई दिइएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा विद्यालयमा भौतिक उपस्थितिमा पठन–पाठन गर्न/गराउन नपाइने भनिएपनि स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने बताइएको । जसमा विद्यालयहरुले नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्नुपर्ने प्रजिअ पराजुलीले जानकारी दिए ।

यसैगरी, अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि गर्न नपाइने आदेशमा उल्लेख छ । साथै, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने जनाइएको छ ।

यस्तै, कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्ड प्रभावकारी पालना गर्न जिप्रका काठमाडौंले अनुरोध गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested