English

बुढ्यौलीमा पनि आरनकै भर



कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे तर, यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उनलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो ।

दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उनको जीवनचर्या बितिरहेको छ । उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै छन् । यो उनको रहर नभएर बाध्यता हो ।

घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन् । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् ।

रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताए । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उनको बाध्यता नै भएको छ । उनी भन्छन्, ‘मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन । पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो ।’

घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन् । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् । ‘जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो’, उनले हिजोका दिन सम्झँदै भने । बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कँदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो, छरितो नभए पनि दैनिकी भने आरनमै बितिरहेको छ ।

पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कँदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्छन् । फलामको कामबाट अहिले दैनिकजसो करिब एक हजार रुपैयाँ कमाइ गछैन् । ढल्कँदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिएका छन् ।

रामपुर नगरपालिका–८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ । २० हजार रुपैयाँ बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टालगायतका सामग्री सहयोग गरेको वडाध्यक्ष बोमबहादुर नामजाली बताउँछन् । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ६२ वर्षीय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै छन् ।

आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाइ अनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्छन् । ‘हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुञ्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततिले यसमा चासो भने दिँदैनन्’, इन्द्रबहादुरले भने । विकले यो व्यवसाय गर्न थालेको चारदशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि इन्द्रबहादुरले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्छन् ।

हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ ।

इन्द्रबहादुर भन्छन्, ‘घरमै बसेर एक महिनामा २० हजार रुपैयाँ देखि ३० हजार रुपैयाँसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै सङ्कटमा पर्दै गएकामा दुःख लागेको छ ।’ हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर ५ सय रुपैयाँ देखि एक हजार रुपैयाँ, हँसिया एक सय देखि तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको इन्द्रबहादुरले बताए । गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको इन्द्रबहादुरको भनाई छ ।

हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ । यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हँुदै गएको छ ।

पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका–४ मा आरनसम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ । वडाले बजेट विनियोजन गरी जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खालगायत सामग्री यसअघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सीमादेवी राना बताउँछिन् । ‘आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदि कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले सहयोग गर्नेछ’, वडा सदस्य रानाले भनिन् ।

युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको पाका पुस्ता बताउँछन् । गाउँघरमा भने आरन चलाउने युवा कमै छन् । एक दशकअघि यस क्षेत्रमा ५० भन्दाबढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,