English

कोरोना अपडेटः एकैदिन २४८२ मा कोरोना, १०८१ जना निको



नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ९० वटा नमुना परीक्षण गरिएको मध्ये २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी आज एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।

हालसम्म नेपालमा ४३ लाख चार हजार ६ सय ७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४ सय ५० मा सङ्क्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९ सय ६४ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी गराएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २ सय ८७ रहेको छ । होम आइसोलेसनमा ३५ हजार २ सय ५० छन् भने संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६ सय १० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १ सय ६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ५ सय ४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५ सय १५, ललितपुरमा ८८ तथा भक्तपुरमा १ सय ४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested