English

निद्रामा घुर्ने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा



केही व्यक्तिहरुको निद्रामा घुर्ने बानी हुन्छ । धेरैलाई यो सामान्य लाग्न सक्छ । तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहिँ एउटा समस्या हो । निद्रामा घुर्ने बानी मोटो व्यक्तिहरु र वृद्धवृद्धाहरुमा धेरै हुन्छ । त्यसैले घुर्ने समस्याबाट कसरी छुट्कारा पाउने भन्ने बारे छाती रोग विशेषज्ञ डा. नविन कुमार मिश्रको सुझाव यस्तो छ :

कारण

सर्वप्रथम घुर्ने समस्या के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउनु पर्छ । सामान्य कारणले पनि घुर्ने समस्या हुन सक्छ भने कहिलेकहिँ अन्य समस्याको कारणले पनि घुरेको हुन सक्छ ।
सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ । अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुन्छ । उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ ।
यो समस्या महिलाको तुलनामा पुरुषमा धेरै देखिन्छ । मोटो घाँटी ‘१७ इन्चभन्दा माथि’ भएको व्यक्तिमा पनि घुर्ने समस्या हुन्छ । साथै, मोटोपन, सुगर, प्रेसर रोगका बिरामीहरुमा पनि यो समस्या देखिन सक्छ ।
असहज सुत्ने व्यक्ति धुम्रपान तथा मद्यपान सेवन गर्ने व्यक्ति र जिब्रो लामो वा ठूलो भएमा पनि घुर्ने समस्या हुन सक्छ । टन्सिल ठूलो भएको मुख सानो भएमा पनि यो समस्या देखापर्छ ।

कसरी पाउने छुटकारा

– सुत्दा उत्तानो परेर नसुत्ने केल्टे परेर सुत्ने । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ  ।
– शरीरको अत्याधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । त्यसैले मोटोपना भएकाले तौल घटाउने ।

– सुगर र प्रेसरका बिरामीहरुमा पनि यो समस्या हुन सक्छ त्यसैले यसको नियन्त्रण गर्ने ।

– धुम्रपान मद्यपानबाट टाढा रहने ।

– यी माथिका सबै उपायहरु अपनाउँदा पनि घुर्ने समस्या कम भएन भने चिकित्सकको सल्लाह अनुसार सिप्याप मेसिनको प्रयोग गर्ने । यसले श्वास फेर्ने नलीलाई खुम्चिनबाट बचाउँछ र अक्सिजनको प्रवाह गरि घुर्नबाट बचाँउछ ।

– अझै पनि घुर्ने समस्या कम भएन भने अस्पताल गई चिकित्सकको सल्लाह लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली