English

निद्रामा घुर्ने समस्या छ ? यसरी पाउनुहोस् छुटकारा



केही व्यक्तिहरुको निद्रामा घुर्ने बानी हुन्छ । धेरैलाई यो सामान्य लाग्न सक्छ । तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहिँ एउटा समस्या हो । निद्रामा घुर्ने बानी मोटो व्यक्तिहरु र वृद्धवृद्धाहरुमा धेरै हुन्छ । त्यसैले घुर्ने समस्याबाट कसरी छुट्कारा पाउने भन्ने बारे छाती रोग विशेषज्ञ डा. नविन कुमार मिश्रको सुझाव यस्तो छ :

कारण

सर्वप्रथम घुर्ने समस्या के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउनु पर्छ । सामान्य कारणले पनि घुर्ने समस्या हुन सक्छ भने कहिलेकहिँ अन्य समस्याको कारणले पनि घुरेको हुन सक्छ ।
सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ । अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुन्छ । उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ ।
यो समस्या महिलाको तुलनामा पुरुषमा धेरै देखिन्छ । मोटो घाँटी ‘१७ इन्चभन्दा माथि’ भएको व्यक्तिमा पनि घुर्ने समस्या हुन्छ । साथै, मोटोपन, सुगर, प्रेसर रोगका बिरामीहरुमा पनि यो समस्या देखिन सक्छ ।
असहज सुत्ने व्यक्ति धुम्रपान तथा मद्यपान सेवन गर्ने व्यक्ति र जिब्रो लामो वा ठूलो भएमा पनि घुर्ने समस्या हुन सक्छ । टन्सिल ठूलो भएको मुख सानो भएमा पनि यो समस्या देखापर्छ ।

कसरी पाउने छुटकारा

– सुत्दा उत्तानो परेर नसुत्ने केल्टे परेर सुत्ने । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै जान्छ  ।
– शरीरको अत्याधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । त्यसैले मोटोपना भएकाले तौल घटाउने ।

– सुगर र प्रेसरका बिरामीहरुमा पनि यो समस्या हुन सक्छ त्यसैले यसको नियन्त्रण गर्ने ।

– धुम्रपान मद्यपानबाट टाढा रहने ।

– यी माथिका सबै उपायहरु अपनाउँदा पनि घुर्ने समस्या कम भएन भने चिकित्सकको सल्लाह अनुसार सिप्याप मेसिनको प्रयोग गर्ने । यसले श्वास फेर्ने नलीलाई खुम्चिनबाट बचाउँछ र अक्सिजनको प्रवाह गरि घुर्नबाट बचाँउछ ।

– अझै पनि घुर्ने समस्या कम भएन भने अस्पताल गई चिकित्सकको सल्लाह लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested