English

स्वस्थ जीवनका लागि हप्तामा कतिपटक सेक्स गर्ने ?



यौनसम्पर्क गर्नुको अनेकौं फाइदा छन् । नियमित सेक्स गर्नाले विभिन्न रोगसँग लड्ने शक्ति बढाउँछ । अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै, मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ । आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ ।

सन् २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले सन् २००० भन्दा २००४ को तुलनामा ९ गुणा कम सेक्स गरेका छन् । सेक्समा कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तिनीहरुमा प्रत्येक वर्ष १६ पटकसम्म यौनसम्पर्क कम हुँदै गयो ।

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो । साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो । यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ यौन सम्पर्क हुँदैन ।

किनकी औसत एक व्यक्तिले वर्षमा ५४ पटकसम्म यौन सम्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो कि हप्तामा एकपटक भन्दा केही बढी । त्यहि एक साथ रहने विवाहित जोडी सालमा ५१ पटकसम्म यौनसम्पर्क गर्छन् ।

सेक्स कति पटक गरिदैँछ । यसले त्यो बेलासम्म फरक पर्दैन जबसम्म तपाई र तपाईको पार्टनर यसले सन्तुष्ट हुन्छन् । अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौनसम्पर्क गरेर पनि खुशी रहन सकिन्छ ।

हप्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ ? हप्तामा एकपटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एकपटकको यौन सम्पर्कले दिन्छ । यदि तपाईँ धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested