English

पेभिलियन मिडिया ग्रुपअन्तर्गत ‘रेडियो क्यान्डिड’को नियमित प्रसारण सुरु



रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण सुरू भएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा २४ सै घण्टा प्रसारण हुनेछ ।

रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य लिएको छ । रेडियोको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट रेडियोक्यान्डिड डट नाममा पनि उपलब्ध छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् । उनले भने, ‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ ‘रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ ।’

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै चाँडै अन्य कार्यक्रमहरू नियमित गर्नेछ । रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ । रेडियो क्यान्डिडले सरोकारवालाहरूसँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रूपमा काम गर्नेछ ।

रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ । क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् ।

रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारी पनि गरेको छ । ‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो । लीला भ्वइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता थियो । यसले सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको थियो ।

रेडियो क्यान्डिड हाल काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मात्रै सुनिने भए पनि चाँडै देशभर पु¥याउने लक्ष्य छ । रेडियो क्यान्डिडले सिर्जशीलता, खोज, दिगोपन र उत्कृष्टताका लागि नमुनारूपमा काम गर्नेछ । रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा प्रत्येक दिन प्रसारण हुने रेडियो स्टेसन हो । नेपालको द्रुतगामी स्टेसनका रुपमा रेडियो क्यान्निडले जनजीवनका सबै क्षेत्रका सूचना, सङ्गीत र मनोरञ्जनका लागि काम गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती