English

१६ वर्षमा विहे, १८ वर्षमै श्रीमान गुमाएकी सपना



सप्तरीकी सपना शर्मा । जसले १६ वर्ष नपुग्दै विवाह गरिन् । अहिले उनी २० वर्षकी भइन् । कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भयो । सुनसरीको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि विधवा बनिन् । त्यतिबेला उनी १८ वर्षकी थिइन् भने काखमा ६ महिनाकी छोरी– राधिका ।

फर्निचर पसलमा काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्यो । एकातिर श्रीमान गुमाउनुको पीडा र अर्कोतिर घरपरिवारको टोकसो र सुन्नै नसक्ने निम्छरा शब्दले उनको मन कुँडिन थाल्यो ।

सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ । विवाह पछि छुटेको पढाईलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नका साथै रोजगार हुुने योजनामा छिन् ।

श्रीमानको मृत्यु भएको केही दिनमै सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सरापेको सम्झँदै सपना भन्छिन्, ‘दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले मेरो श्रीमानको काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले । दुर्घटनामा घाइते हुनभएको आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके । एकदिन म कोठामा नभएका बेला सबै गरगहना झिकेर लगेछन् ।’

काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो । सबै यातना सहे पनि दुधे शिशुप्रति रुखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन् । युवावस्थामा टेक्न नपाउँदै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन ।

सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ । विवाह पछि छुटेको पढाईलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नका साथै रोजगार हुुने योजनामा छिन् । तर, घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन मानेका छैनन् । विवाह भइसकेकाले स्वर्गिय श्रीमानकै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ । विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमानको हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो ।

‘छोरी सानै छ । एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु’, गुनासो गर्दै सपनाले भनिन् ‘थाहै नपाएर कलिलै उमेरमा बिहे भयो । बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुप¥यो । अब कसरी बाँच्ने ।’

छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ । ढिलै भए पनि पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्डरी स्कूलमा उच्च शिक्षा अध्ययन गर्नका साथै सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी छन् ।

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन्,‘ नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु ।’

उनले सिलाइबुनाइको ६ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कामसमेत गर्दै आएकी छिन् । ‘म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु तर नागरिकता छैन के गरुँ ?,’ उनले भनिन्, ‘योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ । श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर। सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन् ।’

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन्,‘ नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली