English

गिजाबाट रगत आउने समस्या छ ? यसो गर्नुस्



गिजा तथा दाँत फोहोर भएमा गिजा सुनिने र रगत बग्ने समस्या हुन्छ । सुनिएको गिजा एकदम रातो देखिने र सामान्य बल प्रयोग गरी दाँत माझ्दा ब्रसमा रगत देखिन्छ । यसको समयमै उपचार नगर्दा दाँत वरपरका हड्डीमा समेत असर परि दाँत हल्लिने र चाँडै दाँत झर्न सक्छ । त्यसैले दाँतको गिजाबाट रगत बग्नुको कारण के हो ? यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे दन्त सर्जन डा. निकिता खनालको सुझाव यस्तो छ :

गिजाबाट रगत आउनुका कारण

गिजा तथा दाँतमा फोहोर जम्मा भइ किटाणुहरुको वृद्धि भएमा, भिटामिन ‘सी’ वा ‘के’ को कमिले पनि गिजाबाट रगत आउँछ । कतिपयले दाँत माँझ्ने क्रममा रगत देखियो भने माँझ्नै छोड्छन् । जसले गर्दा खानेकुरा दाँत तथा गिजामा अड्किन्छन् । त्यसले झनै समस्या निम्त्याउँछ ।

गर्भावस्थामा हर्मोनको परिवर्तनले वा अन्य समयमा पनि गिजाबाट रगत आउन सक्छ । वंशाणुगत कारणले पनि यो समस्या हुन सक्छ । औषधिको प्रयोग बढी भए पनि गिजाबाट रगत आउने गर्छ । चुरोट तथा सुर्तिजन्य पदार्थको सेवनले पनि यस्तो समस्या देखिन सक्छ । सुगरको बिरामी तथा रगतको समस्या भएका बिरामीहरुमा पनि गिजाबाट रगत आउने समस्या हुन्छ ।

बच्ने उपाय

– खाना खाएपछि कम्तिमा दिनको २ पटक दाँत ब्रस गर्ने
– ब्रस गर्दा दाँतमा अड्किएका फोहोरहरु ननिस्कन सक्छ त्यसैले फ्लस पनि गर्ने र त्यसले दाँतको बिचमा अड्किएको खाना बाहिर निस्कन्छ ।
– केही खानेकुरा खाने बित्तिकै मुख कुल्ला गर्ने
– दाँतमा अड्किने खानेकुरा र जङ्क फुड कम मात्रामा सेवन गर्ने
– चुरोट तथा सुर्तिजन्य कुराहरुको सेवन नगर्ने
– नरम ब्रसको प्रयोग गर्ने
– फ्लोराइड युक्त मञ्जनको प्रयोग गर्ने
– मनतातो पानीमा थोरै नुन राखेर कुल्ला गर्ने
– सुगरका बिरामीहरुले खानपानमा सुधार गर्ने
– सकेसम्म प्रत्येक ६ महिनामा नसके कम्तिमा १ वर्षमा आफ्नो दाँत, गिजा, दन्तरोग विशेषज्ञलाई देखाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,