English

युवा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ आउँदै



युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ब्लु डायरी आउने भएको छ । पहिलो उपन्यास अप्रिल फुलबाट युवा पाठकको मनमा बस्न सफल आचार्यले केही दिन अघि ब्लु डायरीको कभर सार्वजनिक गरेका हुन् ।

अक्षरका माध्यमबाट प्रेमलाई बुलन्द पस्कन सक्ने खुबी भएका आचार्यको नयाँ उपन्यासलाई बिएन पुस्तक संसारले बजारमा ल्याउन लागेको हो । यो पुस्तक भदौ अन्तिम साता बजारमा आउने पक्कापक्की जस्तै भइसकेको छ । केही समयअघि नै बजारमा ल्याउने तयारी भएतापनि कोरोना महामारीले गर्दा ल्याउन नसकिएको आचार्य बताउँछन् ।

ब्लु डायरीमा प्रेम, सामाजिक परिवेश र यूवायूवतीका सवाललाई पस्किएको आचार्य सुनाउँछन् । ‘उपन्यासमा यूवा मनोविज्ञान, सोच, समाजका विकृति विसंगती लगायतका प्रसंगलाई समेट्ने प्रयास गरेको छु,’ इन्जिनियर्स पोष्ट डटकमको सम्पादक समेत रहेका आचार्य भन्छन्, ‘त्यसैले यूवापुस्ताले लामो समयपछि एउटा प्रेमिल उपन्यास पढ्ने अवसर प्राप्त गर्नेछन् भन्ने विश्वास लिएको छु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested