English

यी हुन् डन्डिफोर हटाउने ५ घरेलु उपाय



अनुहारमा आउने डण्डिफोरले सुन्दरतालाई नै बिगारिदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन् । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ । यद्यपि, त्यस्ता केमिकल युक्त क्रिम तथा औषधिले अनुहारलाई झनै क्षती पुर्याउन सक्छ । उसो त घरेलु उपायबाटै डण्डिफोर हटाउने उपायबारे ब्युटिसियन अनुका आलेको सुझाव यस्तो छ :

कागती

कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस् राती सुत्नु अघि सफा कपडा कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस् । बिहान सफा पानीले छाला सफा गर्नुस् । यसले तपाईको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।

निम

पिम्पल ठिक गर्नका लागि अनुहारमा निमको फेस प्याक लगाउनु पर्छ । ताजा निमको पात र चन्दन पाउडरको लेप बनाएर २० मिनेटसम्म अनुहारमा लगाई राख्ने । त्यसपछि चिसो पानीले अनुहार धुँदा पनि डण्डिफोर हट्छ ।

तुलसी

तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई डन्डिफोरमा लगाएर २० मिनेट पछि चिसो पानीले धुदा डन्डिफोर सुकेर जान्छ । यसले मुहारमा चमक पनि ल्याउँछ ।

बेसन

डन्डिफोर कम गर्नका लागि बेसन निकै लाभदायी हुन्छ । बेसनमा दही मिलाएर डन्डिफोर आएको ठाउँमा लगाउने र २० मिनेटपछि सफा पानीले धुने यसो गर्नाले डन्डिफोर सुकेर जान्छ । त्यसको साथै छाला नरम, सफा र चम्किलो देखिन्छ ।

काँक्रो

काँक्रोमा पाइने भिटामिन ए, सी र ई तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदाजनक छ । काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउन् । करिव १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्दाे अनुहारको चिल्लोपना र किटाणु हटाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,