English

बढ्दै कोरोना– एकैदिन ३९३८ मा संक्रमण, २०१२ जना निको



कोरोना भाइरसको सङ्क्रमण एकै दिन ३ हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । बुधबार ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको थियो ।

उपत्यकामै १०७५ जना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा १ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७ सय ६६, भक्तपुर १ सय ४६ र ललितपुरमा १ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा २ हजार १२ जनामा छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै, विगत २४ घण्टामा ३७ जना संक्रमितको निधन भएको छ । अहिलेसम्म ९ हजार ९९४ जना निधन भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष (आईसियू) र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै, विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested