English

यी हुन् मास्क लगाउनुका फाइदा



विश्वमा कोरोना संक्रमणको त्रास फैलिएसँगै मास्क अहिले अत्यावश्यक भइसकेको छ । कोरोना माहमारीसँग बच्नका लागि मास्कको प्रयोग नै उत्तम उपाय हो । त्यसैले कोरोनाबाट बचाउनुको साथ–साथै मास्कको प्रयोगले अन्य के–के फाइदा हुन्छ जानौँ ।

कोभिड–१९ चक्र तोड्ने

मास्क लगाएपछि कोभिड–१९ भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना कम हुने भएकोले धेरै व्यक्तिहरु संक्रमित हुनबाट बच्न सक्छन् ।

सामाजिक शिष्टाचार झल्किने

लक्षण नभएका व्यक्तिहरुले पनि भाइरस सार्न सक्ने भएकोले दुबैले मास्क लगाउँदा सुरक्षित हुन्छौं । यसबाट एक अर्का प्रतिको सम्मान भाव झल्किन्छ ।

जीवन फेरि सामान्य हुने

मास्क लगाएर र जनस्वास्थ्यका अरु मापदण्ड पालना गर्दा हामी फेरि पनि साथीभाईसँग भेट्ने, कार्यालय जाने जस्ता क्रियाकलापमा सहभागि हुन सक्छौँ ।

आर्थिक गतिविधि बढ्ने

सबै जनाले मास्क लगाउन थाले संक्रमण कम हुन्छ । र, आर्थिक गतिविधिहरु जस्तै उद्योग, व्यवसायहरु खुल्दा सबैलाई सहज हुन्छ ।

शारीरिक स्वस्थता बढ्ने

मास्क लगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग, धुवाँ धुलोबाट पनि बच्ने भएकाले शारीरिक स्वस्थता बढ्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested