English

एआईएनद्धारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री प्रदान



एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर लगायत गरी साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले बताए । महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए ।

एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । ती स्वास्थ्य सामग्री सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested