English

२० करोड लगानीमा गाईपालन, मासिक ११ लाख आम्दानी



लालबन्दी नगरपालिका– २ जुटपानीमा करिव २० करोड रुपैयाँको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्रा.लि. नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन सुरु गरेकी हुन् ।

उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन सुरु गरेकी हुन् । दुईवटा गाईबाट व्यवसाय सुरु गरेकी सिलवालको अहिले १५० गाई छन् । आफैँले जमिन खरिद गरेर १० लाख रुपैयाँ लगानीमा गाईपालन सुरु गरेकी सिलवालले १८ बिघा जमिनमा घाँस लगाएकी छन् ।

तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरि दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवाल बताउँछिन् । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उहाँले बताइन् । उनका अनुसार गाईपालनमा जग्गासहित २० करोड रुपैयाँ लगानी पुगिसकेको छ । गाई खरिद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उनको भनाई छ ।

सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खाैली पेसा पण्डित्याइँमा व्यस्त रहन्थे । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खाैली पेसा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उनी बताउँछन् ।

गाईपालन सुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताए । फार्मलाई व्यवस्थापन, हेरचाह गर्नेलगायतका काममा परिवार र आफन्तको साथ पाएको उनको भनाइ छ । त्यसो त सिलवाल दम्पत्ति गाई पालनबाट सन्तुष्ट छन् । फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उनले बताए । ‘बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्नुहुन्छ’, सिलवालले भने, ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउनुहुन्छ ।’

अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यकपर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यकपर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताउँछन् । गाईका लागि दैनिक करिव ४ हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ ।

कम्पनीले उत्पादन गरेको साइलेज करिव ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवाल बताउँछन् । हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उनको भनाई छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ ।

१ हजार गाई पाल्ने योजनाका साथ सुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । फार्ममा ६ प्रजातिका गाई पालिएको छ । एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दूध दिने गरेको सञ्चालकको भनाई छ । त्यसो त दिनमै ५० लिटरसम्म दूध दिने गाई यस फार्ममा छन् ।

फार्ममा पालिएका गाई नवलपरासी तथा वीरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन, जर्सी, जर्सी क्रस, साइवाल, गिर तथा हरियाणा लगायतका प्रजाति छन् । फार्ममा पशु सेवा प्राविधिकको समेत व्यवस्था गरिएको सञ्चालक सिलवालले बताए ।

अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फाराम भरे पनि अहिलेसम्म कोही पनि अनुगमन तथा निरीक्षणका लागि नआएको सिलवाल बताउँछन् । गाईबाट कम्पोष्ट मल बनाउने र ग्यास प्लान्ट निर्माण गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए । उनले दूधबाट मासिक झण्डै ११ लाखरुपैयाँ आम्दानी गर्छन् । २०६८ देखि गाई फार्म सुरु गरेको फार्ममा केही समयपछि लोकल प्रजातिका गाई पनि पाल्ने उनको योजना छ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested