English

घरमै यसरी बनाउनुस् मीठो खीर



चामल र दूधबाट बनाइने शुद्ध परिकार हो– खीर । व्रत बस्दा होस् या कुनै पूजा गर्न यसकोे प्रयोग हुन्छ । अझै साउन १५ मा अधिकांशको घरमा खीर पाक्छ । त्यसो त खीर नचाखेका नेपाली कमै होलान् । तर मीठो खीर कसरी पकाउन सकिन्छ ? सबैको चासोको विषय हुन सक्छ । यही विषयमा हाम्रो थकाली भान्सा घरकी कुक यमुना तुलाचन शेरचनले ५/६ जनाका लागि मीठो खीर पकाउनका लागि दिएको सुझाव यस्तो छ :

खीर बनाउन आवश्यक सामग्री

– ३ लिटर दूध
– १ पाउ टाइचिन चामल (२०० ग्राम)
– घ्यु
– ड्राइ फुड (किसमिश, काजु आदी)
– चिनी
– ल्वाङ, सुकमेल, मरिच र दालचिनीको धुलो आवश्यकता अनुसार
– काटेर टुक्रा–टुक्रा पारेको नरिवल

खीर बनाउने तरिका

– सबैभन्दा पहिले चामल केलाएर सफा पारेर धोएर पानीबाट निकालेर ५ मिनेट राख्ने
– दूधलाई राम्ररी उम्लिने गरी तताउने
– उम्लिरहेको दूधमा चामल हालेर चलाउँदै पकाउने ।
– चामल पाकेपछि त्यसमा स्वाद अनुसार घ्यू र चिनी राख्ने ।
– चिनी राम्ररी घुलिसकेपछि त्यसमा नरिवलको टुक्रा, काजु, किसमिस मिसाएर केही मिनेट पकाउने
– जब खीर पाक्छ, तब त्यसमा ल्वाङ, सुकमेल, मरिच र दालचिनीको धुलो हालेर दुई मिनेटजति पकाएर आगो निभाउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested