English

कोरोना अपडेट : ३ हजार ८९९ संक्रमण, १ हजार ७७८ जना निको



नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा ३ हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो ।

यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो । सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ ।

उपत्यकामा ७७४ सङ्क्रमित थपिए

यसैगरी काठमाडौँ उपत्यकामा आज मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् ।

एक हजार ७७८ निको

सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।

यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,