English

बालबालिकालाई घरमा एक्लै छोड्दा के गर्ने ?



कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै स्कुलहरु बन्द छन् । निषेधाज्ञाले अफिसहरु पनि बन्द भएपछि अविभावकहरु आफ्ना बालबालिकासँग घरमै छन् । निषेधाज्ञाको समयमा बच्चाहरुले आफ्ना अविभावकसँग प्रशस्त समय बिताउने अवसर पनि पाएका थिए ।
कोरोना संक्रमण दर क्रमशः कम हुँदै गर्दा सरकारले लुजडाउन गरेको छ । धेरै अफिस खुल्न थालिसके । तर, विद्यालयहरु कहिले खुल्छन् भन्ने टुङ्गो छैन । यद्यपि, बालबच्चालाई घरमा एक्लै छाड्दा केही सतर्कता अपनाउन जरुरी छ । त्यसो त बालबालिकालाई घरमा एक्लै छोड्दा के के कुरामा ध्यान दिने भन्ने बारेमा बाल मनोरोग विशेषज्ञ डा. अरुण कुँवरको सुझाव यस्तो छ ।

बालबालिकालाई घरमा एक्लै छोड्दा पर्न सक्ने असर

बालबालिकालाई घरमा एक्लै छोड्दा आत्तिने, टोलाउने, रिसाउने, झर्कने, जिद्धि गर्ने र केही बच्चाहरु त धेरै आत्तिएर अचेत अवस्थामा समेत पुग्छन् । साथै, बच्चाहरु झिँजो मान्ने, रोइराख्ने, रिसाउने, बाबाआमासँग झुम्मिरहने र अभिभावकलाई छोड्नै नचाहने पनि गर्छन् । झगडा गर्ने, दुःख दिइराख्ने, भनेको नमान्ने जस्ता समस्याहरु पनि देखिन सक्छन् ।

कसरी बचाउने ?

बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । त्यसैले बाबुआमा घरबाहिर निस्कँदा बालबच्चाले भेट्ने ठाउँमा खानेकुरा र पानी राखिदिनुपर्छ ।

छिमेकीलाई जानकारी दिने

घरमा बच्चालाई एक्लै छोड्दा छिमेकीलाई घरमा बच्चा एक्लै छ भनेर जानकारी गराउँनु पर्छ । जानकारी दिएपछि उनीहरुले बेला–बेलामा बच्चालाई बोलाउने र हेर्ने गर्छन् । जसले गर्दा केही मात्रामा भए पनि उनीहरु सुरक्षित हुन्छन् ।

बालबालिकाको सम्पर्कमा रहने

बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । घरमा उनीहरुलाई एक्लै छोड्दा केही समस्या पर्यो भने अभिभावकलाई फोनमार्फत जानकारी गराउन सिकाइयो भने उनीहरु सुरक्षित हुन्छन् । यसरी छोराछोरीसँग लगातार सम्पर्कमा बस्ने र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ ।

होमवर्क दिने

यदि आफू घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुलाई होमवर्क दिएर जाने गरौं । जसले गर्दा उनीहरु त्यसैमा व्यस्त रहुन् । र, घरबाहिर निस्किएर नबरालिउन् ।

घरको काम गर्न दिने

घरको काम गर्न दिने, आफ्नो काम आफैं गर्न लगाउने, तरकारी केलाउन, सफा गर्न, आफ्ना कपडा धुन लगाउने गर्नु पर्छ । उनीहरु घरको काममा व्यस्त भए भने पनि बाहिर निस्कन पाउँदैनन् ।

दैनिक कार्य तालिका बनाउने

दैनिक कार्य तालिका बनाउने, जस्तोः पढ्ने, खेल्ने, खाने, सुत्ने, टिभी हेर्ने तालिका बनाएर गराउने । यसो गर्दा उनीहरु धेरै समय एउटै काममा अल्झिएर बस्न पाउँदैनन् । र, उनीहरुमा समय अनुसार चल्ने बानीको पनि विकास हुन्छ । बालबालिकामा पर्ने यस्ता समस्याहरुले उनीहरुलाई मानसिक तनाव पनि हुन सक्छ । त्यसैले बालबालिकाहरुलाई संयुक्त परिवारमा राख्नु पर्छ ।

जसले गर्दा उनीहरुले परिवारका सदस्यहरुसँग लामो समय बिताउन पाउँछन् । र, उनीहरुलाई एक्लोपन महसुस हुँदैन । बच्चाहरुलाई घरमा एक्लै छोड्दा उनीहरुलाई चोटपटक पनि लाग्न सक्छ । केही नराम्रो दुर्घटना भएको खण्डमा पछुतो गर्नु भन्दा पहिले नै सचेत हुनु जरुरी हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested