English

अनुहारमा चमक ल्याउन चाहनुहुन्छ ? यस्ता छन् ७ घरेलु उपाय



आफ्नो अनुहार स्वस्थ र आकर्षक होस् भन्ने विषयमा महिलाहरू बढी सचेत हुन्छन् । अनुहारलाई आकर्षक र चम्किलो बनाइराख्न उनीहरू धेरै घरेलु तथा आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर, आफ्नै घरवरपर पाइने विभिन्न जडीबुटी तथा फलफूललाई सौन्दर्य सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन सक्छ । यस्तो जानकारी विभिन्न ब्युटिपार्लर या सौन्दर्य विशेषज्ञसँग लिएर घरैमा अनुहार चम्काउन सकिन्छ । यसै विषयमा ब्युटिसियन मेनुका चामलिङले यस्तो सुझाव दिएकी छन् ।

– एक चम्चा मह अनुहारमा लगाएर १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपना हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

– काँचो दूधमा मह र चामलको पिठो मिसाएर अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपना पनि हराउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested