English

गायक महेश काफ्लेको नजरमा पढ्नै पर्ने तीन पुस्तक



शनिबार फुर्सदको दिन । यो समयमा थुप्रै रचनात्मक काम गरेर बिताउँन सकिन्छ । हरेकका आ–आफ्ना सोख हुन्छन् । जसमध्ये पुस्तक पढ्नु पनि कसैका लागि सोखको विषय हो । गायक महेश काफ्ले पनि अध्ययनमा सोख राख्छन् । काफ्लेको नजरमा पाठकहरुले पढ्नै पर्ने तीन पुस्तक :

चिना हराएको मान्छे

हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पनि मलाई एकदमै मन परेको पुस्तक हो । म हरिवंशको अभिनयको म फ्यान हो । अभिनय गरेर अरुलाई पेट मिचिमिचि हसाउँने र धुरुधुरु रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसंगहरूको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा समेटिएको छ । मान्छेको जीवनमा आईपर्ने उतारचढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट सिक्न सकिन्छ ।

प्रयोगशाला

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माको प्रयोगशाला पुस्तक नेपालमा तत्कालिन समयमा शसस्त्र विद्रोह गरिरहेको माओवादीलाई केन्द्रमा राखेर लेखिएको छ । राजतन्त्र र भारतीय संस्थापनसँग माओवादीको उतार चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली राजनीतिको संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

खुसी

विजय कुमार पाण्डेको ‘खुशी’ ले मदन पुरस्कार समेत जितेको छ । खुसी पढ्दा साँच्चै नै खुशी मिल्छ । जीवनमा आउने उतार चढावलाई यस पुस्तकमा वर्णन गरिएको छ । आफ्नो व्यवसायिक जीवनमा पत्रकार, प्रस्तोता, सम्पादकको भूमिकामा खेलेका पाण्डेको भोगाई यस पुस्तकमा समेटिएको छ । भौतिक सुखले मात्र जीवन पूरा हुँदैन भन्ने कुरा यस पुस्तकले सिकाउँछ । मैले अहिलेसम्म पढेका पुस्तकहरुमध्ये यो पुस्तक प्रिय लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,