English

वालिङका कृषकलाई भैँसी वितरण, दुधमा आत्मनिर्भर हुने लक्ष्य



स्याङ्जास्थित वालिङ नगरपालिकाले कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई लागत साझेदारीमा भैँसी प्रवर्दन कार्यक्रमअन्तर्गत ६२ वटा भैँसी वितरण गरेको हो ।

उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत २६ लाख ४५ हजार रुपैयाँ र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिव ५३ लाख रुपैयाँ लागेको हो ।

भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वटा वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । परम्परागतरुपमा भैँसीपालन गर्दै आएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उनले बताए ।

‘परम्परागतरुपमा भैँसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु’, उनले भने, ‘पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यावसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा थपिनेछ ।’

नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गर्नुभएको पशु शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।

हाल तीन वटा वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेको डा. अधिकारीले जानकारी दिए । परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकलाई व्यावसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार कार्य अगाडि बढाएको हो ।

‘कृषकको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छौँ’, डा. अधिकारीले भने, ‘यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested