English

पाचन प्रक्रियालाई सन्तुलनमा राख्न के गर्ने ?



स्वस्थ्य जीवन बिताउन पाचन प्रक्रिया सन्तुलित हुन जरुरी हुन्छ । यसमा असन्तुलन हुँदा सामान्यदेखि गम्भीर प्रकृतिका रोगले आक्रमण गर्छ । त्यसैले, पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिन जरुरी छ । पाचन प्रणालीलाई सन्तुलित बनाउन के–के कुरामा ध्यान दिने भन्ने बारे वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीको सुझाव यस्तो छ ः

उमेरअनुसार खाना खाने

हामीले खाएको खानेकुरा शरीरले सजिलै पचाउन सक्ने हुनुपर्छ । बालबालिकाको शरीर, एक वयस्क व्यक्तिको शरीर र वृद्धवृद्धाको शरीर एकै किसिमको हुँदैन । पोषण विज्ञानका अनुसार विभिन्न उमेर समूहको पाचन शक्ति फरक–फरक हुन्छ । त्यसैले शरीरले पचाउन सक्ने क्षमता अनुसारको खाना खानु पर्दछ । ६ महिनासम्मका शिशुलाई आमाको दूध मात्र खान दिइन्छ किनकी उसको शरीरको पाचन शक्तिले त्यो मात्र पचाउन सक्छ । उमेर बढ्दै जाँदा उसको पाचन शक्ति बढ्दै जान्छ र वृद्धवृद्धाहरुमा पाचन शक्ति फेरि घट्दै जान्छ । त्यसैले शारीरिक अवस्था र उमेरअनुसार खाना खाइयो भने पाचन प्रक्रिया सन्तुलित हुन्छ ।

ताजा र सुपाच्य खानेकुरा खाने

हामीले जस्तो खानेकुरा खान्छौं, शरीर पनि त्यहीअनुसारको हुन्छ । दूषित, बासी खानेकुरा सेवन गर्दा शरीर जीर्ण र रोगी हुन्छ । यदि ताजा, सुपाच्य अर्थात् स्वस्थकर र पोषिलो खानेकुरा सेवन गरियो भने शरीर बलियो, निरोगी, उर्जावान हुन्छ । खासगरी पाचनतन्त्रलाई बलियो बनाउनका लागि ताजा, सहजै पच्ने, मौसम अनुकुलको खानेकुरा सेवन गर्नुपर्छ । छिट्टै बिग्रने, सड्ने गल्ने खानेकुरा खानु हुँदैन । फ्रिजमा राखिएको खाना ३ दिन भन्दा बढी प्रयोग गर्नु हुँदैन ।

सामान्यतया सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ । सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूर्ती राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । यसले शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

तालिकाअनुसार खाना खाने

कसैको एकैपटक धेरै खानेकुरा खाने बानी हुन्छ । तर, त्यसरी एकैपटक धेरै खाना खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ । त्यसैले खाना खाने तालिका बनाउनुपर्छ र तालिका अनुसारमात्र खाना खाने बानी बसाल्नु पर्छ । जति बेला पनि खाइरहने वा एकैपटक धेरै खाने बानीले पाचन प्रक्रियामा असर गर्छ । त्यसैले थोरै थोरै र पटक पटक खाने बानी गर्नु पर्छ ।

बिहान नास्ता, बिहानको खाना, दिउँसोको खाजा र रातिको खाना सही समयमा खानुपर्छ । रातिको खाना खाइसकेपछि तुरुन्तै सुत्नुहुँदैन । राति सुत्नु भन्दा २ घन्टा अघि खाना खानुपर्छ । राति हल्का खाना खानुपर्छ र बिहान पौष्टिक खानेकुरा खानुपर्छ । धेरै समय खाली पेट बस्नु हुँदैन । खाना खाने समय तालिका बनाएर त्यसै अनुसार ठीक समयमा खाना खाँदा पाचन प्रक्रिया राम्रो हुन्छ ।

शारीरिक श्रम एवं व्यायाम

पाचन प्रक्रियालाई बलियो बनाउन सन्तुलित भोजन गरेर मात्र हँुदैन । शारीरिक श्रम पनि आवश्यक हुन्छ । केही न केही काम गरि रहनु पर्छ । शरीरलाई चलायमान बनाई रहनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । श्रम र व्यायामले पाचन प्रक्रियालाई बलियो बनाउन मद्दत गर्छ । निस्क्रिय बस्ने वा कुनै पनि श्रम नगर्ने व्यक्तिको पाचन प्रक्रिया कमजोर हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,