English

जोन्सन एण्ड जोन्सन खोप लगाएपछि स्वास्थ्यमा समस्या आए के गर्ने ?



डा.बिमल शर्मा चालिसे, प्रमुख कन्सलटेन्ट फिजिसियन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

विश्वमा प्रचलनमा रहेका र मान्यता प्राप्त कोभिडका खोपमध्ये जोन्सन एन्ड जोन्सन पनि एक हो । यो अमेरिकन कम्पनीद्वारा उत्पादित खोप हो । यसलाई विश्व स्वास्थ सङ्गठनले पनि मान्यता दिइसकेको छ । यो खोप अमेरिकन एफडिएबाट पनि स्विकृत भइसकेको हो । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यसलाई सर्वसाधारणका लागि लगाउन अनुमती दिइसकिएको छ । त्यसैले यो खोप अत्यन्तै सुरक्षित छ ।

खोप लगाउन किन आवश्यक छ ?

अहिलेको परिस्थितिमा कोभिड–१९ बाट बच्न खोप नै एकमात्र अचुक औषधी हो । जसले महामारी रोक्न, संक्रमितलाई मृत्युबाट रोक्न रामवाणको काम गरेको छ । त्यसैले यो खोप उपलब्ध भएसम्म र सरकारले लक्षित वर्गका लागि उपलब्ध गराएको छ । उनीहरुले ढुक्क भएर यो खोप लगाउँदा हुन्छ । खोप नलगाउँदा भन्दा लगाउँदाका धेरै फाइदाहरु छन् । त्यसैले सरकारले वितरण गरेको खोप लगाएर महामारीलाई नियन्त्रण गर्नुपर्छ । विश्व स्वास्थ संङ्गठन र अमेरिकाको एफडीएले मान्यता दिएअनुसार यो खोप एक डोज लगाएपछि मात्रा पुग्छ ।

यो खोप लगाउँदा कुनै असर देखिए के गर्ने ?

जुनसुकै खोप लगाए पनि सामान्य असर देखिने गर्छ । खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, सामान्य एक दुई दिनपछि ज्वरो आउने, जिउ दुख्ने जस्ता सामान्य लक्षणहरु देखिन सक्छन् । त्यस्तो भएमा डराउनु पर्दैन । यस्ता समस्या देखियो भने सिटामोलको सेवन गर्ने । अन्य गम्भिर किसिमका समस्याहरु केही देखिए जस्तै एकदमै अप्ठ्यारो हुने, छाती बेस्सरी दुख्ने, चिटचिट पसिना आउने, बेहोस भइएला जस्तो हुने, अत्याधिक ज्वरो आउने जस्ता जटिल समस्याहरु एकदमै नगन्य संख्यामा मात्र हुन्छ ।

त्यसैले यस्तो समस्या देखियो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ । खोपको कारणले एलर्जी भएमा त्यस्को लक्षण आधा घन्टा भित्रै देखिन्छ । त्यसैले खोप लगाइएको आधा घन्टा पछि मात्र खोप केन्द्रबाट बाहिरिनुपर्र्छ । किनभने खोप लगाएपछि केही समस्या देखियो भने तुरुन्त उपचार गर्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली