English

यातायात व्यवसायीको हड्ताल– घण्टौँदेखि बसको पर्खाइमा सर्वसाधारण



दिनेश श्रेष्ठ सिन्धुपाल्चोक जानका कलंकीमा जोरपाटीको बस कुरेको १ घण्टा भइसक्यो । तर, यातायात व्यवसायीको हड्तालका कारण उनले जोरपाटी पुग्ने बस फेला पार्न सकेनन् । त्यसैले उनी सिन्धुपाल्चोक जाने बस नै छुट्ने भयो भन्दै तनावमा देखिन्थे । ‘आज हड्ताल हो भन्ने थाहै थिएन, बिहान ९ बजेदेखि बसको कुरिरहेको छु,’ श्रेष्ठ भन्छन्, ‘घर जाने गाडी साढे १ बजेसम्म पाउँछ । यातायात नै नचल्ने भएपछि कसरी जानु घर ?’

यसैगरी, गौशालाका वीरबहादुर घलान बिहिबार बिहान शारीरिक रुपमा अशक्त छोरालाई कोरोना खोप लगाउन कलंकी आए । बिहान आउँदा गाडीमै आएका उनले फर्कने बेलामा बस पाएनन् । त्यसो त अपाङ्ग छोरासँगै सडकमा उनी गाडी कुरिरहेका छन् ।

सिन्धुपाल्चोक जानका लागि जोरपाटी जाँदै गरेकी सरु लामा पनि आधा घण्टा भन्दा बढी सार्वजनिक बसको पर्खाइमा छिन् । तर, बस नआएर लामाले दुःख मात्र पाएको गुनासो गरिन् ।

यातायात व्यवासाय संघले मनलाग्दी ढंगले हड्ताल गर्दा आममानिसलाई सास्ती खेप्न परेको उनको गुनासो छ । ‘बिहान आउँद केही थिएन, अहिले हड्ताल छ भन्छन्’ घलानले भने, ‘जतिखेर मन लाग्यो हड्ताल गर्यो, जनतालाई दुःख मात्र भयो, अब अपाङ्ग छोरा लिएर कसरी जाने ?’ सर्वासाधरणलाई दुःख दिएर हड्ताल गर्नु भन्दा सम्बन्धित निकायसँग सहज वातावरण बनाएर वार्ता गरेको भए जनतालाई सास्ती नहुने उनको भनाई छ ।

सिन्धुपाल्चोक जानका लागि जोरपाटी जाँदै गरेकी सरु लामा पनि आधा घण्टा भन्दा बढी सार्वजनिक बसको पर्खाइमा छिन् । तर, बस नआएर लामाले दुःख मात्र पाएको गुनासो गरिन् । यी तीन जना त प्रतिनिधि पात्र मात्र हुन । यातायात व्यवसायीले बिहिबार बिहान गरेको हड्तालका कारण विशेषगरी रिङ रोडमा चल्ने सार्वजनिक सवारी ठप्प रहे । जसको प्रत्यक्ष मारमा आममानिस परेका छन् । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्नुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

सरकारलाई सार्वजनिक यातायात केन्द्रीय महासंघले ७ बुँदे माग पेश गरेको महिना दिन हुँदा पनि कुनै सुनवाई नभएपछि हड्ताल गरेको महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिना भन्छन्, ‘ट्याक्सी, बस तथा ट्याम्पोलाई रिङरोड परिक्रमा गराउने कार्यक्रम छ ।’ महासंघको कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा जोड दिए ।

त्यसैले, चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा जोड दिए । यातायात व्यवस्था विभागले गत असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारीसानधमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारीसाधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।

विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारीसाधन र त्यसको पार्टपूर्जाका आधारमा सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएकोे थियो । सो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपूर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । सोही आधारमा वार्षिकरुपमा भाडा समायोजन गरिनुपर्नेमा झण्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । स्थानीय तहभित्र गुड्नेको स्थानीय तह, प्रदेशभित्र गुड्नको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेकोे व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ ।

महानगरीय ट्राफिक महाशाखाले केही समय अघिबाट रिङरोडमा सार्वजनिक यातायात सुचारु भएको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,