English

युट्युव र टिकटकमा भाइरल बन्दै ‘स्यानी माया’



मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युवमा सार्वजनिक भएको तीन दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ । ‘बसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियो आमदर्शक श्रोताले रुचाएका छन् ।

गीतलाई ३६ हजारले ‘लाइक’ र ४ हजार ५ सय बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, चन्द्रा सुवेदी, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीको हो ।

केटा पक्षको शब्द भने गायक थापाले लेखेका हो । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बिना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गरेका हुन् । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै श्रोता/दर्शकले रुचाएका हुन् । गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताए । सर्जक/गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएकी थिइन् ।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई श्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले जानकारी दिए । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ ।

अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ । ‘गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो’, गायक थापाले भने । सुर्खेतमा जन्मिएकी सुवेदीले संकलन गरेको यस भाकामा उनी आफैँले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिएकी हुन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या