English

पाइल्सबाट पीडित हुनुहुन्छ ? यसो गर्नुस् (भिडियोसहित)



डा. सुवर्ण पौडेल, आयुर्वेद चिकित्सक

पाइल्सलाई आयुर्वेदिक भाषामा अर्श भनिन्छ । कतिपय अवस्थामा यसलाई बवासीर भनेर पनि बुझिन्छ । पाइल्सको समस्या बालबालिकादेखि वृद्धवृद्धा सबैलाई देखिन्छ । दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मासु बाहिर निस्केको जस्तो अनुभव भयो भने त्यो पाइल्सको लक्षण हुन सक्छ । पाइल्स विशेषगरी ४ चरणमा हुन्छ ।

पहिलो चरण

पहिलो चरणमा बिरामीलाई यसका लक्षणहरु थाहा हुँदैन । चिकित्सकले हेरेपछि मात्र थाहा हुन्छ । दिसा गर्दा दिसामा रगत देखिनुलाई पहिलो चरणको पाइल्स हो ।

दोस्रो चरण

दिसा गर्दा मासु बाहिर आउने र दिसा गरेर उठेपछि मासु भित्र जाने अवस्था रहन्छ भने त्यो दोस्रो ग्रेड हो ।

तेस्रो चरण

दिसा गर्दा बाहिर आएको मासु आफै भित्र जाँदैन हल्का धकेलेपछि मात्र मासु भित्र जान्छ भने त्यसलाई तेस्रो ग्रेडको पाइल्स भनिन्छ ।

चौथो चरण

दिसा गर्दा मासु बाहिर आउँछ भित्र धकेले पनि पछि फेरी बाहिर आउँछ र मलद्वार भिजिरहेको जस्तो हुन्छ भने त्यो चौथो चरणको पाइल्स भनेर बुझ्नुपर्छ । यसैगरी, मासु निस्किएको छ तर, रगत आउँदैन भने पाइल्स हैन भनेर सोच्नु हुँदैन । दिसा गर्दा मासु बाहिर निस्कन्छ भने त्यो पाइल्स नै हो जसलाई सुस्तारस पाइल्स भनिन्छ ।

बल गरेर दिसा गर्ने र धेरै कब्जियत हुने मानिसलाई पाइल्स हुन्छ । अधिकांश महिलाहरुमा गर्भअवस्थाको समयमा पाइल्सको समस्या हुन्छ । यस्तो बेला दिसा साह्रो हुन्छ । नेपाली समाजमा गर्भावस्था वा सुत्केरी भइसकेपछि बढी गर्मी कुरा खानु पर्छ, माछा मासु धेरै खानु पर्छ भन्ने मान्यता छ । जसकारण महिलामा पाइल्सको समस्या देखिन्छ ।

बच्ने उपाय

– बढी मात्रामा फाइबरयुक्त खानेकुरा खाने
– पानी प्रशस्त मात्रामा पिउने
– गाँजर, मुला जस्ता सलाद प्रसस्त खाने
– गेडागुडी प्रसस्त मात्रामा खाने
– माछा मासु कम खाने
– मद्यपान/धुम्रपान नगर्ने
– मैदाजन्य खानेकुरा कम खाने
– अदुवा, लसुन, मरिच मह कम खाने

कम गर्ने घरेलु उपाय

– दिसा पातलो गर्ने सामान्य औषधीहरुको सेवन गर्ने
– सहनसक्ने मनतातो पानीमा मलद्वार डुबाएर बस्ने
– गाईको घ्युमा बेसार मिसाएर लगाउने
– धेरै नै समस्या भयो भने चिकित्सकको सल्लाह लिनु पर्छ ।

पहिलो र दोस्रो चरण छ भने औषधीको सेवन गरेर नै यो रोग निको पार्न सकिन्छ । यदि तेस्रो र चौथो चरणको अवस्था भएको छ भने छार सुत्र विधि द्धारा बहिर निस्किएको मासुलाई भागोले बाधेर हटाउने गरिन्छ । कब्जियत भईरह्यो भने यो फेरि दोहोरिन सक्छ । त्यसैले पाइल्सबाट जोगिने प्रमुख उपाय कब्जियत हुन दिनु हुँदैन ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली