English

अलैंचीबाटै १ अर्ब ३५ करोड आम्दानी



ताप्लेजुङको अलैंची जोनमा उत्पादित अलैंचीको बिक्रीबाट किसानले एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैंची उत्पादन गरेका हुन् । अलैंची जोनबाट २ हजार ६ मेट्रिक टन उत्पादन भएकोमा २ हजार मेट्रिक टन बिक्रीबाट १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिव ६ मेट्रिक टन अलैंचीमात्र ताप्लेजुङमा खपत भएको तथ्यांकले देखाएको छ । अलैंची जोनले ताप्लेजुङमा ३ हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४ सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा ६ मध्ये सबै वडामा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ वटा वडामा अलैंची खेती हुँदै आएको छ ।

आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँचवटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैंची खेती गरिन्छ ।

जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैंची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,