English

कोरोना खोप लगाएका मानिसको २ वर्षपछि मृत्यु हुन्छ भन्ने भ्रम मात्रै



नेपालमा यतिबेला कोरोना खोप अभियान सञ्चालित छ । योसँगै खोपसँग जोडिएका विभिन्न भ्रम तथा अफवाह व्याप्त छन् । कोरोना खोप लगाएका व्यक्तिहरुको शरीर चुम्बकीय हुन्छ भन्ने भ्रम केही समय अघि सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । त्यो भ्रम सकिन नपाउँदै अहिले फेरि अर्को अफवाह फैलिएको छ । त्यो हो– कोभिड खोप लगाएका व्यक्तिको २ वर्ष पछि मृत्यु हुन्छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाले गर्दा धेरैजसो मानिसहरु खोप लगाउन हिचकिचाइरहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पनि यी सबै हल्ला मात्र भएको दाबी गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल यो हल्ला र भ्रममात्र भएको बताउँछन् । ‘खोप लगाएको २ वर्ष पछि मानिसको मृत्यु हुन्छ भन्नु भ्रम मात्र हो,’ उनले भने, ‘यसको कुनै प्रमाण छैन नेपालमा आएका खोप सबै परीक्षण भएर आएका हुन् त्यसैले ढुक्क भएर खोप लगाउन सबैलाईअनुरोध गर्दछु ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला पनि यी सबै हल्ला मात्र भएको दाबी गर्छन् । ‘केही समय खोप लगाएका मानिसको शरीर चुम्बकीय हुन्छ भन्ने भ्रम फैलाइयो अहिले कोभिड खोप लगाएको २ वर्षभित्र मान्छेको मृत्यु हुन्छ भनेर हल्ला फिजाइएको छ,’ उनले भने, ‘यस्ता हल्लाको पछि लागेर खोप लगाइएन भने बरु कोरोना संक्रमणको जोखिम धेरै हुन्छ त्यसैले दुविधा नगरी सबैले खोप लगाउनुहोला ।’

मानिसको मृत्यु हुन्छ, मानिसलाई अन्य रोग लाग्छ ती सबै भ्रम हुन् । भविश्यमा यो हुन्छ त्यो हुन्छ भन्ने जुन कुरा सुनिएको छ त्यो अनुमान मात्र रहेको डा. उप्रेती बताउँछन् ।

यसैगरी, खोपविज्ञ डा. श्यामराज उप्रेती नेपालमा आएका खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिएका खोपमात्र आएकाले भ्रमको पछि नपर्न सुझाव दिन्छन् । ‘अहिले नेपालमा जति पनि खोपहरु आएका छन् ती सबै खोपहरु विश्व स्वास्थ संगठनको मान्यता प्राप्त भएर आएको छ,’ उनले भने, ‘कोभिडका लागि यो खोप लगाउँदा फाइदाजनक छ भन्ने सिफारिस भएर आएकाले कसैले पनि खोप लगाउन डराउनु पर्दैन ।’ यस्तै, आज अर्थात साउन ४ गतेबाट सुरु भएको जोन्सन एण्ड जोन्सन खोप लगाएपछि रगत जम्छ भन्ने भ्रम फैलिएको छ । डा. उप्रेती भन्छन्, ‘अहिलेसम्मको परीक्षणमा सुरक्षित र प्रभावकारी छ भन्ने प्रमाणित भएको छ ।’

भाइरल इन्फेक्सनका जुनसुकै खोपले पनि शरीरमा प्रतिक्रिया जनाउँछ । जसले गर्दा एकदुई दिन कसैकसैमा केही लक्षण देखिनु सामान्य हो ।

तर, अहिले जुन अफवाह फैलाइएको छ । मानिसको मृत्यु हुन्छ, मानिसलाई अन्य रोग लाग्छ ती सबै भ्रम हुन् । भविश्यमा यो हुन्छ त्यो हुन्छ भन्ने जुन कुरा सुनिएको छ त्यो अनुमान मात्र रहेको डा. उप्रेती बताउँछन् । ‘त्यो अनुमानलाई आधार मानेर खोप नराम्रो भन्न मिल्दैन,’ उप्रेती भन्छन्, ‘जुन देशमा बनेको कोरोना खोप छ त्यो देशमा नै त्यस्को अनुसन्धान र प्रयोग भएकाले कसैले डराउनुपर्दैन केही हुँदैन ।’

भाइरल इन्फेक्सनका जुनसुकै खोपले पनि शरीरमा प्रतिक्रिया जनाउँछ । जसले गर्दा एकदुई दिन कसैकसैमा केही लक्षण देखिनु सामान्य हो । यस्तै लक्षण देखिन्छ कि भनेर नै खोप लगाएपछि आधा घन्टा खोप केन्द्रमा बस्न भनिएको डा. उप्रेती बताउँछन् । ‘खोप एलर्जी आधा घन्टा भित्रै देखिन सक्छ त्यस्तो देखियो भने हामी उपचार गर्छौं,’ उनले भने, ‘४० लाखभन्दा बढी खोप लगाइसकियो तर, त्यस्तो गम्भीर अवस्था कसैलाई पनि देखिएको छैन ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,