English

गायिका समिक्षा अधिकारीका फ्यान : ट्याटु खोप्नेदेखि पूजा गर्नेसम्म



पछिल्लो समय युवापुस्ताले रुचाएकी गायिकामा पर्छिन् समिक्षा अधिकारी । ‘बालापनको उमेर’ बोलको पहिलो गीतबाटै चर्चामा आएकी अधिकारीले थुप्रै फ्यान कमाएकी छन् । सानैउमेरमा सांगीतिक क्षेत्रमा फड्को मारेकी अधिकारीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या पनि उत्तिकै छ । तिनै मध्येका अनौठा फ्यानका बारेमा उनी यसरी खुलिन् ।

मेरो नामको ट्याटु खोप्ने फ्यान

लगभग १ वर्ष अघि फेसबुक पेजमा एकजना युवकले मेरो नामको ट्याटु खोपेको फोटो पठाउनु भयो । म त्यो देखेर छक्क परें । म्यासेजमा तपाईले किन मेरो नामको ट्याटु किन बनाउनु भयो ? भनेर सोधें । उहाँले म तपाईको ठूलो फ्यान हुँ, त्यसैले ट्याटु खोपेको भन्नुभयो । मेरा यतिसम्मका डाइहार्ड फ्यान रहेछन् भनेर एकैछिन त छक्क परें । हिजोआज पनि उहाँसँग फेसबुकमा कुराकानी भइरहन्छ ।

भावुक हुने फ्यान

काठमाडौंको एउटा कार्यक्रममा जाँदा एकजना बहिनीसँग भेट भयो । मलाई देखेपछि उनी भावुक भएर रुन र काम्न थालिन् । मलाई अचम्म लाग्यो । म तपाईको ठूलो फ्यान हुँ । तर, मलाई तपाईसँग बोल्न डर लाग्यो भनिन् । मैले उनलाई सजिलो गराउन धेरै प्रयास गरेपछि मात्र खुलेर बोल्न थालिन् । उनी अहिले मेरो एकदमै मिल्ने साथी भएकी छिन् ।

मलाई पुज्ने फ्यान

एकजना युवतीलाई काठमाडौंकै एउटा कार्यक्रममा भेटेको थिएँ । उहाँ संगीत सिक्दै हुनुहुँदो रहेछ । दिदी तपाईसँग एकछिन् कुरा गर्न मिल्छ भन्नुभयो । हामी सबै जना एउटा ठूलो हलमा थियौं । उहाँले मलाई हलको कुनामा लगेर ‘दिदि मैले संगीत सिक्दा मेरो गुरुले एउटा कुरा भन्नु भएको थियो, सधैँ साधना गर्नु अघि आफुले गुरु मानेको मान्छेलाई सम्झिएर साधना गर्नु’ । त्यसैले तपाईंलाई पुजा गरेर मात्र साधना गर्छु । त्यो सुनेर म भावुक भएँ । मैले अझै धेरै मेहेनत गरेर दर्शकहरुको मन जित्नु पर्छ भन्ने लाग्यो र उनलाई अङ्गालो हाले । अहिले पनि त्यो बहिनिसँग मेरो कुरा हुन्छ ।

मेरो फोटोको ट्याटु बनाउने

मेरो करियर सुरु भएको धेरै लामो समय नभएको भएर मेरो एकदमै धेरै फ्यान त हुनु हुन्न तर जति हुनुहुन्छ धेरै माया गर्नु हुन्छ । त्यस्तै एक जना महिला फ्यानले मेरो फोटोको ट्याटु बनाउनु भएको रहेछ । त्यो कुरा मेरो साथीमार्फत थाहा पाएँ । मेरो फोटोको ट्याटु बनाएको फोटो साथीले देखाए पछि मैले त्यो फ्यानलाई भेट्ने ठूलो इच्छा छ तर, पाएको छैन ।

सानु दिज्यु भनेर चिन्छन्

मेरो उमेर सानै भएकोले होला मेरो धेरै फ्यानहरु म भन्दा साना छन् । म भन्दा साना फ्यानहरुलाई मैले सानु भन्छु । मेरो सानु भन्ने बानीले होला पोखरामा मेरो घर नजिकैका एकजना भाइले मेरो नाम नै सानु दिज्यु राखिदिए । उनले सधैँ मलाई सानु दिज्यु भनेर बोलाउछन् । उनले सानु दिज्यु भनेर बोलाएको सुनेर अन्य फ्यानहरुले पनि मलाई सानु दिज्यु भनेर बोलाउन थाली सके ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested