English

गायिका समिक्षा अधिकारीका फ्यान : ट्याटु खोप्नेदेखि पूजा गर्नेसम्म



पछिल्लो समय युवापुस्ताले रुचाएकी गायिकामा पर्छिन् समिक्षा अधिकारी । ‘बालापनको उमेर’ बोलको पहिलो गीतबाटै चर्चामा आएकी अधिकारीले थुप्रै फ्यान कमाएकी छन् । सानैउमेरमा सांगीतिक क्षेत्रमा फड्को मारेकी अधिकारीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या पनि उत्तिकै छ । तिनै मध्येका अनौठा फ्यानका बारेमा उनी यसरी खुलिन् ।

मेरो नामको ट्याटु खोप्ने फ्यान

लगभग १ वर्ष अघि फेसबुक पेजमा एकजना युवकले मेरो नामको ट्याटु खोपेको फोटो पठाउनु भयो । म त्यो देखेर छक्क परें । म्यासेजमा तपाईले किन मेरो नामको ट्याटु किन बनाउनु भयो ? भनेर सोधें । उहाँले म तपाईको ठूलो फ्यान हुँ, त्यसैले ट्याटु खोपेको भन्नुभयो । मेरा यतिसम्मका डाइहार्ड फ्यान रहेछन् भनेर एकैछिन त छक्क परें । हिजोआज पनि उहाँसँग फेसबुकमा कुराकानी भइरहन्छ ।

भावुक हुने फ्यान

काठमाडौंको एउटा कार्यक्रममा जाँदा एकजना बहिनीसँग भेट भयो । मलाई देखेपछि उनी भावुक भएर रुन र काम्न थालिन् । मलाई अचम्म लाग्यो । म तपाईको ठूलो फ्यान हुँ । तर, मलाई तपाईसँग बोल्न डर लाग्यो भनिन् । मैले उनलाई सजिलो गराउन धेरै प्रयास गरेपछि मात्र खुलेर बोल्न थालिन् । उनी अहिले मेरो एकदमै मिल्ने साथी भएकी छिन् ।

मलाई पुज्ने फ्यान

एकजना युवतीलाई काठमाडौंकै एउटा कार्यक्रममा भेटेको थिएँ । उहाँ संगीत सिक्दै हुनुहुँदो रहेछ । दिदी तपाईसँग एकछिन् कुरा गर्न मिल्छ भन्नुभयो । हामी सबै जना एउटा ठूलो हलमा थियौं । उहाँले मलाई हलको कुनामा लगेर ‘दिदि मैले संगीत सिक्दा मेरो गुरुले एउटा कुरा भन्नु भएको थियो, सधैँ साधना गर्नु अघि आफुले गुरु मानेको मान्छेलाई सम्झिएर साधना गर्नु’ । त्यसैले तपाईंलाई पुजा गरेर मात्र साधना गर्छु । त्यो सुनेर म भावुक भएँ । मैले अझै धेरै मेहेनत गरेर दर्शकहरुको मन जित्नु पर्छ भन्ने लाग्यो र उनलाई अङ्गालो हाले । अहिले पनि त्यो बहिनिसँग मेरो कुरा हुन्छ ।

मेरो फोटोको ट्याटु बनाउने

मेरो करियर सुरु भएको धेरै लामो समय नभएको भएर मेरो एकदमै धेरै फ्यान त हुनु हुन्न तर जति हुनुहुन्छ धेरै माया गर्नु हुन्छ । त्यस्तै एक जना महिला फ्यानले मेरो फोटोको ट्याटु बनाउनु भएको रहेछ । त्यो कुरा मेरो साथीमार्फत थाहा पाएँ । मेरो फोटोको ट्याटु बनाएको फोटो साथीले देखाए पछि मैले त्यो फ्यानलाई भेट्ने ठूलो इच्छा छ तर, पाएको छैन ।

सानु दिज्यु भनेर चिन्छन्

मेरो उमेर सानै भएकोले होला मेरो धेरै फ्यानहरु म भन्दा साना छन् । म भन्दा साना फ्यानहरुलाई मैले सानु भन्छु । मेरो सानु भन्ने बानीले होला पोखरामा मेरो घर नजिकैका एकजना भाइले मेरो नाम नै सानु दिज्यु राखिदिए । उनले सधैँ मलाई सानु दिज्यु भनेर बोलाउछन् । उनले सानु दिज्यु भनेर बोलाएको सुनेर अन्य फ्यानहरुले पनि मलाई सानु दिज्यु भनेर बोलाउन थाली सके ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र