English

प्रशस्त पानी पिउनाले यस्ता रोगबाट बच्न सकिन्छ



मानव शरीरमा ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । जसले तापमान नियमित गर्नेदेखि जोर्नीहरुको नरमपना कायम राख्नेसम्म काम गर्छ । साथै, शरीर भित्र हुने रासायनिक प्रतिक्रिया पानी बिना हुँदैन । त्यसैले पानी शरीरका लागि निकै महत्वपूर्ण छ ।

पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ । उसो त शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नु पर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ । तर, पानी कुन बेला कति पिउने भन्ने बारे थाहा भयो भने झनै राम्रो गर्छ । यसै विषयमा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतको सुझाव यस्तो छ :

कुनबेला कति पिउने ?

– समान्यतया २४ घन्टामा ३ देखि ५ लिटर पानी पिउनु पर्छ ।
– बिहान खाली पेटमा एक लिटर पानी पिउनु पर्छ । यसले रातभरी शरीरमा भएको पानीको कमीलाई पूर्ति गर्छ ।
– खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घन्टा अघि र खाना खाउको आधा घन्टापछि मात्र पानी पिउनु पर्छ ।
– एकैपटक धेरै पानी पिउनु हुँदैन थोरै–थोरै गरेर पिउनु पर्छ ।
– एक–एक घन्टाको अन्तरालमा एक गिलास पानी पिउनु पर्छ । यदि त्यस्तो मिल्दैन भने बिहान खाली पेटमा र बेलुुका कार्यालय वा कामबाट फर्किएपछि एक लिटर पानी पिउनुपर्छ ।

पानीले यस्ता रोगबाट जोगाउँछ

– डिहाईड्रेसन
– टाउको दुखाई
– मिर्गौलाको समस्या
– मुटुको रोग
– पाचन प्रक्रियामा असन्तुलन
– कब्जियत
– युरिक एसिड,
– ग्यास्ट्रिक
– अनिन्द्रा
– छालाको चाउरीपना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,