English

प्रशस्त पानी पिउनाले यस्ता रोगबाट बच्न सकिन्छ



मानव शरीरमा ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । जसले तापमान नियमित गर्नेदेखि जोर्नीहरुको नरमपना कायम राख्नेसम्म काम गर्छ । साथै, शरीर भित्र हुने रासायनिक प्रतिक्रिया पानी बिना हुँदैन । त्यसैले पानी शरीरका लागि निकै महत्वपूर्ण छ ।

पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ । उसो त शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नु पर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ । तर, पानी कुन बेला कति पिउने भन्ने बारे थाहा भयो भने झनै राम्रो गर्छ । यसै विषयमा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतको सुझाव यस्तो छ :

कुनबेला कति पिउने ?

– समान्यतया २४ घन्टामा ३ देखि ५ लिटर पानी पिउनु पर्छ ।
– बिहान खाली पेटमा एक लिटर पानी पिउनु पर्छ । यसले रातभरी शरीरमा भएको पानीको कमीलाई पूर्ति गर्छ ।
– खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घन्टा अघि र खाना खाउको आधा घन्टापछि मात्र पानी पिउनु पर्छ ।
– एकैपटक धेरै पानी पिउनु हुँदैन थोरै–थोरै गरेर पिउनु पर्छ ।
– एक–एक घन्टाको अन्तरालमा एक गिलास पानी पिउनु पर्छ । यदि त्यस्तो मिल्दैन भने बिहान खाली पेटमा र बेलुुका कार्यालय वा कामबाट फर्किएपछि एक लिटर पानी पिउनुपर्छ ।

पानीले यस्ता रोगबाट जोगाउँछ

– डिहाईड्रेसन
– टाउको दुखाई
– मिर्गौलाको समस्या
– मुटुको रोग
– पाचन प्रक्रियामा असन्तुलन
– कब्जियत
– युरिक एसिड,
– ग्यास्ट्रिक
– अनिन्द्रा
– छालाको चाउरीपना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested