English

यस्ता मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्नु पर्दैन



नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट उपहार अथवा अवैध रुपमा नेपाल भित्रिएका मोबाइलमा कडाई गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न लागेको हो ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी व्यवस्थित गर्ने प्रयोजनका लागि नेपालमा मोबाइल सेटको आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्वीकृत गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यसो त अब साउन १ गतेबाट नेपाल भित्रिने मोवाइलको आईएमईआई नम्बर सरकारी निकायमा दर्ता नगरी चल्दैनन् । तर, यसका बारेमा विभिन्न भ्रम तथा अन्योल व्याप्त भएकाले प्राधिकरणले स्पष्ट पार्नका लागि सूचना जारी गरेको छ ।

‘धेरै मोबाइलका ग्राहकहरुलाई प्रयोगमा रहेका आफ्नो मोबाइल सेटको आईएमईआई दर्ता गर्नुपर्ने हो कि भनी भ्रम तथा अन्योल उत्पन्न भएको पाइएको छ,’ जारी सूचनामा भनिएको छ, ‘यस प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको तथा प्राधिकरणको वेबसाइटमा उपलब्ध लिंकमा दर्ता गर्ने क्रम पनि वृद्धि भई उक्त प्रणालीमा समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको छ ।’ त्यसो त प्राधिकरणले उक्त प्रणाली शिघ्र सुचारु गर्न प्रयासरत रहेको तथा सुचारु हुन केही समय लाग्ने छ बताएको छ ।

प्राधिकरणले व्यवसायिक हिसावले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका हकमा ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ ।

त्यसैगरी, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआई दर्ता प्रणाली सुचारी भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने प्राधिकरणले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested