English

एकैदिन २,६३४ जनामा संक्रमण १,५६५ ले जिते कोरोना



नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालका कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४ सय ९९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ६५, ललितपुरमा १ सय ५ र भक्तपुरमा २९ जना रहेका छन् । हाल काठमाडौंमा ५ हजार ३ सय ३०, भक्तपरमा ९ सय ७३ र ललितपुरमा १ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालभर २२ हजार ९ सय ६९ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ८ सय ५९ जना संस्थागत आइसोलेसनमा छन् । यी मध्ये ५ सय ६७ जनाको आईसियू र १ सय ७१ जनाको भेन्टिलेटमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप १५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested