English

रमेश प्रसाईंको ‘अंशैमा परेको सिलबरे थाल’ आउँदै



पब्लिक स्पिकर रमेश प्रसाईंले अंशैमा परेको सिलबरे थाल बोलको गीत गाएका छन् । गत वर्ष ‘रिङ्के बुङको राँगो’ गीतले अपार सफलता पाएसँगै प्रसाईंले यो गीत गाएका हुन् ।

उक्त गीतमा आधुनिक देवानको शब्द तथा संगीत रहेको छ भने बिपिन आचार्यले संगीत संयोजन गरेका हुन् । गीतलाई सोमबार एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

यो गीत यसअघि गायक आधुनिक देवानले गाइसकेका थिए । पुराना गीत–संगीत र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले यो पूर्वेली भाकालाई पुन: रेकर्ड गरिएको हास्यकलाकार दिपकप्रसाद आचार्यले जानकारी दिए । उनले यो गीतको भिडियोलाई निर्देशन गर्दैछन् ।

साउनको दोस्रो हप्ताबाट छायाँकन सुरु गर्ने भनिएको यस भिडियोलाई साउन अन्तिममा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested