English

गाँजाका १० फाइदा र ५ बेफाइदा !



गाँजाको प्रयोग चेतनाको फरक अनूभूतिका लागि गरिएको पाइन्छ । दिमाग शान्त बनाउन र कुनै दुखाई भए त्यसलाई कम गर्न पनि गाँजाको प्रयोग भइरहेको देखिन्छ ।

‘मेडिकल भ्यालु’ बोकेको आयुर्वेदिक तत्व गाँजाको नियन्त्रित र उचित मात्रामा सेवन गर्ने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । जसमध्ये यसका फाइदा निम्न प्रकारका छन् ।

१० फाइदा
१. दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
२. पाइल्स भएमा गाँजाको लेप लगाउँदा सो रोग निको हुन्छ ।
३. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
४. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ ।
५.शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रही आएको छ ।
६. नेपालमै गाँजाकै कणहरू मिसिएर उत्पादन हुने गरेको ‘रातोबरी’ औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जातीफलाडी चूर्ण’ले आन्द्रासम्बन्धि रोग निको पार्ने, ‘लक्ष्मीविलास रस’ले नाकबाट पानी बग्ने रोग निको पार्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्चरक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन ठिक ग¥थ्यो ।
७. गाँजामा भएका २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
८. आँखाको प्रेसर पनि कम हुन्छ ।
९. गाँजाले सिर्जनामा केन्द्रित हुन सहजता प्रदान गर्छ ।
१०. गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।

गाँजाको नियन्त्रित सेवनले थुप्रै फाइदा भएतापनि नियमित तथा अनियन्त्रित सेवनले प्रयोगकर्ताको स्वास्थ्य एवम जीवनमा नकारात्मक असर पनि पर्छ । गाँजा सेवनबाट हुने बेफाइदा निम्न प्रकारका छन् ।

५ बेफाइदा
१. लत लाग्ने, मुख सुख्खा हुने र निरन्तर प्रयोगले तौल कम हुँदै जान्छ ।
२. नियमित प्रयोगले निकट भविष्यमै हृदयघात निम्त्याउँछ ।
३. लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
४. गाँजामा भएको टीएचसी रसायनले चेतनामा असर गर्ने हुँदा यसले मस्तिष्क र स्नायु प्रणालीलाई क्षति गर्न सक्छ ।
५. गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती