English

थाइराइडका बिरामीले यी ७ कुरामा ध्यान दिनुहोस् !



थाइराइड घाँटीको पछाडी पुतलीको आकारमा रहेको ग्रन्थि हो । यो ग्रन्थिबाट थाइरोक्जिन हर्मोन निस्कन्छ । थाइराइडले उत्पादन गर्ने हर्मोन शरीरलाई आवश्यक हुन्छ । हाम्रो शरीरको मेटाबोलिज्मका लागि यसको आवश्यकता पर्छ । थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई ‘हाइपोथाइरोआइडिज्म’ भनिन्छ । थाइराइड भएको व्यक्तिहरुले के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा डा.मधु पाण्डेको सुझाव यस्तो छ :

थाइराइड भएको व्यक्तिहरुले के-के ध्यान दिने

– थाइरोक्जिन हार्मोन (लेभोथाइरोक्सिन) औषधी गर्भवती, गर्भको बच्चा, सुत्केरी र नवजात शिशुलाई हानीकारक नहुने भएकोले औषधि गर्भावस्था वा सुत्केरी अवस्थामा रोक्नु हुँदैन ।
– थाइराइड भएका व्यक्तिहरुले बन्दा, काउली तथा अन्य खानेकुरा खानुहुँदैन भनिन्छ तर त्यो भ्रम मात्र हो । थाइराइड भएकाहरुले केही पनि खानेकुरा बार्नु पर्दैन ।
– थाइरोक्सिनको एक मात्रा खान बिर्सिएको छ भने सम्झिने बित्तिकै औषधि सेवन गर्नुपर्छ तर खाना खानुभन्दा १–२ घण्टा अगाडि वा पछाडी मात्र यो औषधि सेवन गर्नुपर्ने हुन्छ ।
– भर्खर भर्खरै थाइराइड देखिएका व्यक्तिहरुले ४ देखि ६ हप्ता भित्रमा डाक्टरको सल्लाह लिनुपर्छ । लामो समयदेखि औषधि सेवन गरेकाहरुले भने ६–६ महिनामा फलोअप गर्नुपर्छ ।
– थाइराइड धेरै बढेको छ, गलगाड ठूलो भएको छ वा घाँटी दुख्ने समस्या छ भने अल्ट्रासाउण्ड गराउनु पर्छ ।
– धेरै लामो समयदेखि थाइराइडको औषधि सेवन गरेका व्यक्तिले थाइराइड चेक नगरी औषधी सेवन गरेमा औषधिको ओभरडोज भएर मुटुको धड्कन बढ्ने समस्या हुनसक्छ । त्यसैले ६–६ महिनामा थाइराइड चेक गर्नुपर्छ ।
– औषधीको सेवन गरिरहेका व्यक्तिहरुले औषधि कहिले खाने, कहीले नखाने वा औषधि खानै छोड्दा मुटु सुन्निने समस्या हुनसक्छ त्यसैले डाक्टरको सल्लाह बिना औषधि सेवन गर्न छोड्न हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested