English

शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्ने योगका प्रकार



निकिशा बस्नेत, योग शिक्षक

भागदौडको जीन्दगीमा यदि दिनभरमा १५ मिनेट मात्र योगलाई समय दियौ भने यसबाट अनगिन्ती लाभ लिन सकिन्छ । देखावटी हाँसो खुसी त जहाँ पनि पाइन्छ, वास्तविक शान्ति, आनन्द र जीवन जिउनको लागी योग गर्नु अपरिहार्य छ ।

योगका प्रकार

राज योग

योगको अन्तिम अवस्था समाधिलाई नै राजयोग भनिन्छ । यसलाई योगको राजा पनि मानिन्छ । राज योगको आठ वटा अङ्ग छ जसकारण महर्षि पतञ्जलीले यसको नाम अष्टाङ्ग योग राखेका थिए । यो योग गर्नाले मस्तिष्क र मनको शान्ति मिल्दछ र तनावबाट मुक्त हुन सकिन्छ । राज योगका आठ प्रकारहरु यम, नियम, आसन, प्राणायम, प्रन्याहार, धारण, ध्यान र समाधि रहेका छन् ।

ज्ञान योग

ज्ञान योगलाई बुद्धिको मार्ग भनिन्छ । अधिक चिन्ता गर्ने मानिसलाई यो योग निकै फाइदा जनक छ । यसले दिमागलाई सफा राख्छ भने, शरीर र दिमागको नकारात्मक उर्जालाई पनि मुक्त गर्दछ । यस योगले स्मरण शक्ति पनि बढ्दछ ।

कर्म योग

कर्म योगको अर्थ निस्वार्थ क्रिया हो । यस प्रकारको योगको मुख्य उद्देश्य मन र हृदयलाई शुद्ध राख्नु हो । नकारात्मक उर्जा र सोचबाट छुटकारा पाउन यो योग गर्न सकिन्छ ।

भक्ति योग

भक्तिको अर्थ दिव्य प्रेम र योगको अर्थ जोड्नु हो । यसले समर्पणको भावलाई जगाउँछ । हर कोहि व्यक्ति कुनै न कुनै इश्वरलाई मानिरहेका हुन्छन् र त्यहि श्रद्धाको भावलाई भक्ति योग भनिन्छ । भक्ति योग गर्नाले मन शान्त हुन्छ ।

हठ योग

हठ शब्दको अर्थ ‘ह’ र ‘ठ’ यो दुईबाट भएको हो जसमा ‘ह’ को अर्थ सूर्य र ‘ठ’ को अर्थ चन्द्र हो । शरीरमा सूर्य (उर्जाका प्रतिक) र चन्द्र (शीतलताको प्रतिक) को शक्तिको सन्तुलित गर्नलाई गरिने योग हठ योग हो । यसको माध्यमबाट शरीरको धेरै थरि रोगबाट बच्ने शक्ति प्राप्त हुन्छ । हठ योग गर्नाले शारीरिक रुप र मानसिक रुपबाट नि शान्त मिल्छ ।

कुण्डलिनी योग

योगको अनुसार मानव शरिरमा सातवटा चक्र हुन्छ र कुन्डलिनी योगबाट नै हरेक चक्र जागृत गर्न सकिन्छ । कुन्डलिनी योगबाट सहि ढंगले शारीरिक, मानसिक र आध्यात्मिक विकास एक साथ हुन्छ ।

कुनै पनि व्यक्तिलाई सुखी एवं स्वस्थ राख्नलाई योगले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । युवा होस् वा वृद्ध सबैको जीवनमा योग सम्मान रुपले लाभदायक छ । नियमित योग गर्नाले धेरै फाइदा हुन्छ । त्यसैले आज विश्वभरका लगभग २ अर्बले योगलाई खास महत्व दिइरहेका छन् ।

यस्ता छन् योगका फाइदा

१. दैनिक योग गर्नाले शरीरका सबै अंगले सुचारु ढंगले कार्य गर्दछ ।

२. उच्च रक्तचाप, हृदय रोग, मधुमेह, श्वासप्रश्वास सम्बन्धि लगायतका रोगबाट मुक्त हुन सकिन्छ ।

३. मानसिक समस्या जस्तै चिन्ता, तनाब, थकाई, उदासीपन, नकारात्मक विचार हटाई शरीरलाई अलग किसिमको उर्जा प्रदान गर्छ ।

४. महिलालाई महिनावारी नियमित गर्न समेत सघाउँछ ।

५. पाचन क्षमता बढाउन सहयोग गर्दछ ।

६. मोटोपना, शरीरको अनावश्यक बोसो घटाई शरीरलाई सुन्दर र आकर्षित बनाउँछ ।

७. शरीरको हाडजोर्नी, ढाड, नसा सम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु¥याउँछ ।

८. नियमित योग अभ्यासले मुटु र रगतको नलीलाई सफा राख्दछ ।

९. योगले रोगप्रतिरोगात्मक क्षमताको विकास गरी शरीरलाई रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

१०. शरीरलाई स्फूर्ति बनाई सकारात्मक जीवन बाँच्न मद्धत गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested