English

नायक पुष्प खड्काको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नायक पुष्प खड्कालाई किताव पढ्न धेरै मनपर्छ । फुर्सदको समय पुस्तक पढेर बिताउन उनलाई रमाइलो लाग्छ । निषेधाज्ञाको समयमा पनि उनले थुप्रै पुस्तक पढीसकेका छन् । उनी विशेष गरी रोमान्टिक पुस्तकहरु पढ्न मन पराउँछन् । तपाई पनि निषेधाज्ञाको बेला फुर्सदमा के गरेर समय बिताउने भनेर चिन्तित हुनुहुन्छ भने पुस्तक पढेर पनि समय व्यतित गर्न सक्नुहुन्छ । नायक खड्काको नजरमा पढ्नै पर्ने ३ पुस्तक यस्ता छन् ।

समर लभ

मैले पढेको पुस्तकहरु मध्ये समर लभ मलाई एकदमै मन परेको पुस्तक हो । युवा पुस्ताहरुले धेरै मनपराएको पुस्तक पनि हो समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । यो किताव पढीरहँदा फिल्म हेरेको जस्तो महशुस हुन्छ । कथामा प्रस्तुत भएका पात्रहरु पनि असाध्यै प्रिय लाग्छन् ।

बाबु, आमा र छोरा

विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास हो, ‘बाबु, आमा र छोरा ।’ कोईरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावना एवम् मनोद्वेगहरूलाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ । विश्वेश्वर प्रसाद कोईरालाको लेखन शैली पनि मलाई अत्याधिक धेरै मनपर्छ ।

योगमाया

करिव १०० – १५० वर्ष अगाडी को कथा समेटेर लेखिएको योगमाया उपन्यासमा, एक महिला जो, त्यो समयको मूल्य मान्यता र बन्धनहरुको अगाडी उभिन पुगिन् र राणाहरुको चरम विभेदको विरुद्धमा अवाज उठाइन्, समाजलाई नयाँ बाटो देखाउने क्रममा देखिएका घटनाहरु र संसारिक अन्त्य को सम्मिश्रण रहेको छ योगमायामा । मैले पढेका पुस्तकहरु मध्ये मलाई यो पुस्तक पनि राम्रो लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested