English

खोटाङ र मनाङबाट ७५ जिल्लाले सिक्नुपर्छ यी कुरा !



गृह मन्त्रालयका अनुसार ७७ मध्ये ७५ जिल्लामा एक महिना भन्दा बढी कोरोना भाइरस लक्षित निषेधाज्ञा छ । तर, पूर्वको खोटाङ र पश्चिमको मनाङमा भने अहिलेसम्म निषेधाज्ञा लागेको छैन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्व­अनुशासनलाई कडाइका साथ लागू गरिरहेकोले संक्रमण दर बढ्न नपाएको बताउछन् ।
‘निषेधाज्ञा जारी गर्नुभन्दा स्व­नियमन र अनुशासन नै बढी प्रभावकारी देखियो’, उनी भन्छन्, ‘सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घसँस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ ।’

खोटाङमा अहिलेसम्म ८२९ जना सक्रिय संक्रमित पुगेका छन् । ६२० जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । हाल अस्पतालमा ३१ जना मात्रै उपचारमा छन् भने बाँकी होम आइसोलेसनमा छन् । आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ ।

दुई हप्तादेखि नै मठमन्दिर, पूजापाठ, भीडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७ बजेदेखि ९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्दैछन्’, शर्माले थपे, ‘हामीले निषेधाज्ञा भने जारी गरेका छैनौँ ।’
निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै रहेको छ ।

त्यस्तै निषेधाज्ञा नलागेको अर्को जिल्ला हो मनाङ । यहाँ निषेधाज्ञा नलगाए पनि कोरोनाबाट जोगिन आवश्यक सबै स्वास्थ्य मापदण्डको पालना भएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसे बताउँछिन् । उनका अनुसार बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूले अनिवार्य १० दिन आइसोलेसनमा बस्नु पर्दछ । चालिसे भन्छिन् ‘सम्बन्धित पालिका वा कार्यालय प्रमुखले आइसोलेसनमा राख्ने सुनिश्चित नगरेसम्म जिल्ला प्रवेश अनुमति दिंदैनौ ।’

मनाङमा अहिले सक्रिय संक्रमीत ३० जना छन् भने संस्थागत आईसोलेशनमा ८ जना छन् । कोरोना रोकथामका लागि जिल्लाले जनताहरुमा सचेतना फैलाइरहेको र जसले कोरोनाको प्रकोप फैलिन नपाएको उनको भनाइ छ । निषेधाज्ञा नभए पनि भीडभाड गर्ने, अत्यावशेकका काम बाहेक घर बाहिर निस्किन दिइएको छैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested