English

निषेधाज्ञाले न्यास्रिएको फेवा ताल (फोटो फिचर)



कोरोनाको दोस्रो लहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । यसको प्रत्यक्ष असर पोखराको फेवा तालले पनि भोगेको छ । सामान्य अवस्था हुँदो हो त फेवातालमा डुंगा चलिरहेका हुन्थे, मान्छेको भीडभाड हुन्थ्यो भने आकाशमा प्याराग्लाइडिङ उडिरहेका हुन्थे ।

जमिन र आकाश दुवै व्यस्त रहने फेवाताल यतिबेला न्यास्रिएको छ । साँच्चै, लामोसमयपछि फेवातालले थकाइ मारेको छ । बन्दाबन्दीले गर्दा फेवातालबाटै गुजारा चलाउँदै आएका धेरैको रोजीरोटी खोसिएको छ । फेवातालको किनारमा केही खेतीयोग्य जमिन छ । त्यहाँ यतिबेला वर्षे चटारो छाएको छ । लाठे रोपार धान रोप्न व्यस्त छन् । त्यसो त फेवातालले पर्यटक कुरिरहेको छ । कहिले आउला त्यो दिन ?

तस्विर : राजकुमार श्रेष्ठ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested