English

एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो



नरेन्द्र बस्नेत, लन्डन

नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा संकलित ४ सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । नेपालमा कोभिड –१९ को संकट समाधानको लागि आपतकालिन सहयोग स्वरूप बेलायतस्थित नेपाली संघसंस्था तथा व्यक्तिगत पहलमा विभिन्न देशबाट भएको आर्थिक सहायतामार्फत ४ सय २८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको हो ।

जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार नेपाल आइपुगेको एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । ति अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत नेपाल आइपुगेको एनआरएनए यूकेले जनाएको छ । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मेसिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाइने छ ।

नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा करिव दुई करोड रकम संकलन भएको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष गुरुङले जानकारी दिइन् । मातृभूमिमा परेको संकटको बेला बेलायतवासी नेपाली तथा संघसंस्थाले स्वतस्फुर्त रुपमा सहयोग गरेको उनले बताइन् ।

गत मे १५, मा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested