English

कोरोना संक्रमणबाट बच्न चाहनुहुन्छ भने छोड्नुस् यी बानी



दिनप्रतिदिन तीव्र गतिमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । तैपनि उल्लेख्य मात्रामा संक्रमण नियन्त्रण हुन सकेको भने छैन । मानिसका आफ्नै आनीबानी र आचरणका कारण संक्रमण फैलिनलाई बल पुगिरहेको छ ।

त्यसैले यसलाई नियन्त्रणमा लिनका लागि सामान्य बानीव्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । त्यसो त संक्रमणबाट जोगिन छोड्नै पर्ने ७ बानीबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव यस्तो छ :

– बारम्बार हातले नाक र मुख चलाउने

– हातले मास्क चलाइरहने

– एक्लै हुँदा मास्क लगाउने तर साथीभाइसँग कुरा गर्दा मास्क खोलर बोल्ने

– तरकारी, खाद्यान्न र भीडभाड हुने ठाउँमा लाइन बस्दा मास्क, पञ्जा र सामाजिक दूरी कायम गरे पनि बोल्ने समयमा मास्क खोल्ने ।

– कोरोना संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिले ‘यो केही पनि होइन’ भनेर हेलचेक्राइँ गर्ने ।

– बाहिरी अफवाह कुरामा ध्यान दिने, सत्य कुरा बुझ्न नचाहने ।

– मास्क चिउँडोमा लगाएर, हात वा गोजीमा बोकेर हिड्ने र सुरक्षाकर्मीलाई देखेपछि मात्र लगाउने ।
माथिका यी बानीलाई हामीले सुधार गर्यौं भने पक्कै पनि संक्रमणबाट बच्न सक्छौं ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,