English

क्याप्टेन विजय लामाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



क्याप्टेन विजय लामा पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । यस्तो बेलामा पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने क्याप्टेन लामाको सिफारिस यस्ता छन् :

अल्केमिस्ट

यो नोबल मैले पढेको पुस्तकहरु मध्ये एक उत्कृष्ट पुस्तक हो । पाउलो कोएल्होको यो पुस्तक विश्वभरीमा २० लाख भन्दा बढी बिक्री भएको छ । यस नोबलबाट हामी केही राम्रा कुरा सिक्न सक्छौं, हाम्रो हृदय सुन्ने, जीवनको मार्गमा फैलिएको सगुनहरू पढ्न सिक्ने अनि सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो सपना पछ्याउने । मान्छेहरुले आफ्नो सपनालाई टाढा खोजिरहेका हुन्छन् तर उसको सपना उस्कै नजिक हुन्छ भन्ने कुरा पुस्तकमा समावेश छ ।

द गड फादर

गडफादर अमेरिकी लेखक मारियो पुजेको उपन्यास हो । यसमा लेखिएको भाषा शैली एकदमै सरल छ । यो पनि पढ्नै पर्ने पुस्तकहरु मध्येको एक उत्कृष्ट पुस्तक हो । यस पुस्तकमा एउटा सामान्य व्यक्तिले पनि अवसर पायो भने राम्रो काम गर्न सक्छ र व्यवसायमा संलग्न भएका व्यक्तिहरुले पनि राजनीति गर्न सक्छन् भन्ने कुरा देखाइएको छ ।

तुइन

सुरेश प्रञ्जलीको यो पुस्तक पनि मलाई मन पर्ने पुस्तक हो । तुइन शब्दबाटै यस पुस्तकको कथा बुझाउँछ । तुइन चढेर आउँदा जाँदाको पीडा । द्वन्दकालमा आमजनताहरुले पाएको दुःख पीडाको विषयमा यो पुस्तकमा एकदम राम्ररी व्याख्या गरिएको छ । यसमा प्रयोग भएको सरल भाषाले गर्दा सबै पाठकहरुले सजिलै बुझ्न सक्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested