English

भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन



कोरोनाको दोस्रो लहर फैलिएसँगै यतिबेला नेपाल बन्दाबन्दीको अवस्थामा छ । तैपनि संक्रमितको संख्या घट्न सकेको छैन । महामारीमा कतिपय मजदुर बेरोजगार भएर बस्न बाध्य छन् भने कति मजदुर भारत पलायन भइरहेका छन् ।

‘परीक्षणबाट पुष्टि भएका संक्रमितलाई आइसोलेसनमा र एकदमै विरामी भएकालाई अस्पतालमा भर्ना गर्छौं,’ जोशीले भने, ‘नेगेटिभ रिपोर्ट आएकालाई सवारी साधनको व्यवस्था मिलाएर सम्बन्धित ठाउँसम्म पुर्याउने गरिएको छ ।’

निषेधाज्ञा जारी भएपनि नेपालका मुख्य नाकाबाट नियमित सामान ढुवानी र भारतबाट फर्किने नेपालीमा भने कुनै रोक नलगाएको जिल्लाका अधिकारीहरु बताउँछन् । भारतबाट आउने नेपालीको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी बताउँछन् ।

‘परीक्षणबाट पुष्टि भएका संक्रमितलाई आइसोलेसनमा र एकदमै विरामी भएकालाई अस्पतालमा भर्ना गर्छौं,’ जोशीले भने, ‘नेगेटिभ रिपोर्ट आएकालाई सवारी साधनको व्यवस्था मिलाएर सम्बन्धित ठाउँसम्म पुर्याउने गरिएको छ ।’

त्यसो त गौरीफन्टा नाकाबाट नेपाल फर्कने र भारत जानेको चहलपहल रोकिएको छैन । जोशीका अनुसार अहिले पनि भारतबाट दैनिक ५ सय देखि ७ सय जना मानिस नेपाल भित्रिरहेका छन् । यसैगरी यही नाका हुँदै र दैनिक २ देखि ३ सय जना मानिसहरु भारत जाने गरेको जोशी बताउँछन् ।

विराटनगरको नाकाबाट भने नियमित ढुवानी हुने वस्तुमात्र निर्यात भइरहेको छ । यस नाकाबाट मानिसहरुको आवतजावतमा पूर्ण रोक लगाइएको मोरङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल बताउँछन् । ‘आवश्यक सामानको ढुवानी नियमित भएको छ तर मान्छेको आवतजावत पूर्णरुपमा बन्द छ,’ उनले भने ।

सधैको भिडभाड हुने नेपालगन्जको रुपैडिया नाकाबाट नेपाल आउने र भारत जानेको चहलपहल कायमै छ । यस नाकाबाट दैनिक ५ सयजना नेपाल भित्रिने गरेका छन् भने ८ जनाको हाराहारीमा भारत जाने गरेको बाँके जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीर्घराज उपाध्याय बताउँछन् ।

काँकाडभित्ताबाट प्रवेश गर्ने प्रत्येकको एन्टिजिन जाँच गर्ने गरिएको छ । यस नाकाबाट दैनिक ३० जना नेपाल प्रवेश गरिरहेका छन् भने १५ जना भारत जाने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

यस नाकाबाट वैशाख नौ गते यता २५ हजार ५ सय ६६ जना नेपाल भित्रिएका छन् भने २ हजार ३ सय २० जना भारत गएका छन् । यसैगरी रक्सौल नाकामा निषेधाज्ञा जारी भएदेखि विदेशीलाई नाकामा रोक लगाइएको र नेपालीलाई कोरोना जाँच गरेरमात्र प्रवेश गराइएको पर्सा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भिमकान्त पौडेलले जनाए ।

काँकाडभित्ताबाट प्रवेश गर्ने प्रत्येकको एन्टिजिन जाँच गर्ने गरिएको छ । यस नाकाबाट दैनिक ३० जना नेपाल प्रवेश गरिरहेका छन् भने १५ जना भारत जाने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

यसरी सरसर्ती हेर्दा नेपालका मूख्य नाकाबाट अझै पनि भारतबाट नेपाल भित्रिने मानिसहरुलाई रोक्न सकिएको छैन । जसले गर्दा कोरोना संक्रमणको जोखिम झन् झन् बढीरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested