English

नेपालमा भेटिए कोरोनाका थप २ प्रजाति, सबै उमेर समूह उच्च जोखिममा



नेपालमा कोरोना भाइरसको थप २ वटा नयाँ प्रजाति भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गतहप्ता संकलित संक्रमितको ३५ वटा नमूनालाई जिन सिक्वेन्सिग गर्दा ३४ नमुनामा नयाँ प्रजाति पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतस्थित इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको परीक्षणमा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 प्रजाति पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा यो परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । यी भाइरसलाई डब्लुएचओले २०२१ मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ । साथै, नयाँ प्रजाति सबै उमेरसमूहमा धेरै संक्रामक र जोखिमपूूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

त्यसो त मन्त्रालयले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested